• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » एक वर्षमै संविधान दिन्छौं : प्रमुख दलका शिर्ष नेताहरु
एक वर्षमै संविधान दिन्छौं : प्रमुख दलका शिर्ष नेताहरु

माघ ८ । संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुले पार्टीको घोषणापत्रमा उल्लेख भए अनुसार एक वर्षमै संविधान दिने प्रतिबद्धता गरेका छन् ।

संविधानसभा सदस्यको सपथपछि मंगलबार संविधानसभा भवन परिसरमा शिर्ष नेताहरुले सञ्चारकर्मीस“ग प्रतिक्रिया दि“दै एक वर्षमा संविधान जारी गर्ने जनाएका छन् ।
कांग्रेस सभापति सुशील कोइरालाले सरकार र संविधान तोकिएकै समयमा सहमतिमै जारी हुने भन्दै आफूहरु राष्ट्र बनाउनेमा लाग्ने जनाए । निर्धारित मितिमा सहमतिबाट संविधान जारी हुने भन्दै सहमति जुट्न नसक्दा मात्रै मतदानबाट टुंग्याइने बताए ।

एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाको अहिलेको संरचनाले नै संविधान बन्ने ग्यारेन्टी भएको भन्दै एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी हुने बताए । अर्का एमाले नेता केपी ओलीले भने वर्ष दिनभित्रै संविधान दिन नसके केही समय हेरफेर हुन सक्ने जनाउ दिए । तर एक वर्षभित्रै संविधान जारी गर्ने उनको प्रतिवद्धता छ । कांग्रेस नेता मिरेन्द्र रिजाल भने दलहरुको क्रियाशीलता देखाए संविधान जारी गर्न वर्ष दिन पनि कुर्न नपर्ने बताउ“दै संविधानसभा परिसरबाट बाहिरिए ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वउपाध्यक्ष डा. बाबुराम भट्टराई मिडियाको छायामा परेनन् । तर नेता कृष्णबहादुर महराले भने संविधान निर्माणमा पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाए ।

प्रकाशित मिति: January 21, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |