• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » रंगीचंगी झै सभासद् ५ सय ७० जनाद्धारा सपथ
रंगीचंगी झै सभासद् ५ सय ७० जनाद्धारा सपथ

काठमाडौं, ७ माघ । संविधानसभाको पहिलो बैठक बस्ने अघिल्लो दिन मंगलबार प्रत्यक्ष र समानुपातिकतर्फका ५ सय ७० जना संविधानसभा सदस्यले सपथ लिएका छन् । 

६०१ कुल संख्यामा २६ जना मनोतित हुन बा“की छ । अन्य पा“च जना सभासद् भने सपथ कार्यक्रममा अनुपस्थित भएका हुन् । नविनिर्वाचित सभासद्हरुलाई नया बानेश्वरस्थित संविधानसभा भवनमा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले सपथ खुवाएका थिए । थापालाई भने राष्ट्रपति रामवरण यादवले सोमबार नै सपथ दिलाएका थिए ।


सपथ लिन संविधानसभा पुगेका एमाओवादी र मधेसी तथा केही साना पार्टीबाहेक कांग्रेस, एमाले, राप्रपा नेपाल, राप्रपालगायत दलका सभासद् दौरा सुरुवाल तथा साडी चोलोमा सजिएका थिए । एमाओवादी र मधेसी दलका सभासद्को पोसाकमा एकरुपता थिएन ।

सभासद्लाई सपथको भाषा नेपाली नै हुनुपर्ने बाध्यता नरहेपछि ४४ जना सभासद्ले मात्रै मातृभाषामा सपथ लिएका थिए । तीमध्ये मैथिलीमा १३, हिन्दीमा ११, अवधीमा ५, गुरुङ र लिम्बूमा २–२ तथा थारु, भोजपुरी, मधेसी, किरातीमा एक–एक जना सभासद्ले सपथ लिएको संसद् सचिवालयले जनाएको छ ।

यो संविधानसभामा नेपाली कांग्रेसबाट १९६ जना, एमालेबाट १७५ र एमाओवादीबाट ८० जना सभासद् संविधानसभामा सदस्य परेका छन् ।

प्रकाशित मिति: January 21, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |