• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » अध्यक्ष प्रचण्डबाट जिल्लिदैछन् नेता महरा
अध्यक्ष प्रचण्डबाट जिल्लिदैछन् नेता महरा

 निक्कै चतुर नेता मानिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालद्धारा पुनः केही नेता जिल्लिएका छन् ।

जारी केन्द्रीय समिति बैठकमा नेतृत्व नै नयाँ पुस्तालाई दिनुपर्ने माग उठिरहेको अवस्थामा नेतृत्व हस्तान्तरण नगरेपनि संसदीय दलको नेतासम्म नयाँ पुस्तालाई दिने विश्लेषण भईरहेको त्यसको उल्टो भईदिएको छ ।

यसअघि प्रचण्डका तर्फबाट कृष्ण बहादुर महरा र बाबुराम भट्टराईका तफृबाट नेता टोप बहादुर राईमाझीको नाम संसदीय दलको नेताका रुपमा प्रस्ताव गरिए पनि अन्तमा भने अध्यक्ष प्रचण्डले त्यो समेत नदिने मनस्थिति बनाएका छन् ।

यस अर्थमा, नेता महरा दलको नेता बन्ने सम्भावना निक्कै थियो । उनी दलको नेता भन्दा पार्टीमा सबैले मान्ने स्थिति समेत थियो ।

तर अध्यक्ष दाहालले पछिल्लो पटक दलको नेता दोस्रो तहका नेतालाई दिँदा विवाद उत्पन्न हुने भो भन्दै आफैं नेता बन्ने मनस्थिति बनाउन पुगेका छन् ।  

उनले आफू निकटका नेताहरुमार्फत यस्तो खुलासा गरेसँगै नेता महरा भने जिल्लिन पुगेका छन् । यसअघि पनि उनले आफ्नो पार्टी तथा अन्य पार्टीका नेताहरुलाई समेत जिल्याउँदै आएकोमा आफ्नै विश्वास पात्र महरा समेत यसको सिकार बन्न पुगेका छन् । 

तर जारी केन्द्रीय समिति बैठकमा उनले यस विषयमा नराम्रो आलोचना खेप्ने पर्ने भएकाले निर्णय के हुन्छ भन्नेबारे भने अन्यौल छ ।  - १० माघ 

प्रकाशित मिति: January 24, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |