आ–आफ्नो कार्यक्षेत्रमा फर्की काम गर्न डाक्टरहरुलाई आह्वान

विगत १३ दिनदेखि अनसन बसेका प्रा.डा. गोविन्द केसीको माग पूरा हुने भएसँगै उनले अनसन तोडेपछि काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले यस्तो आह्वान गरेको हो ।
पत्रकार सम्मेलनमार्फत संघले प्राध्यापक डा. केसीले उठाएको मागको सम्बोधन गर्न सरकार तयार भएकाले अस्पतालहरुमा गएर कार्यभार सम्हाल्न चिकित्सकलाई आग्रह गरेको हो ।
माग पूरा भएसँगै बन्द रहेका ओपिडी सेवा पनि नियमित सञ्चालन भएका छन् ।
प्रकाशित मिति:
January 24, 2014