• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » राहदानी आवेदन लिने ६ ठाउँ थपिए
राहदानी आवेदन लिने ६ ठाउँ थपिए

माघ ७ - राहदानी पासपोर्ट लिनका लागि आवेदन गर्न १५ घण्टाभन्दा बढी समय लामबद्ध हुनुपर्ने सेवाग्राहीको बाध्यता सोमबारबाट अन्त्य हुने भएको छ ।

सरकारले सोमबारदेखि नारायणहिटी दरबारस्थित राहदानी विभागमा ६ वटा आवेदन सङ्कलन केन्द्र सञ्चालन गरेपछि सेवाग्राहीलाई त्यस्तो सुविधा उपलब्ध भएको हो ।

केन्द्रको, परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले सेवाग्राहीको चापलाई दृष्टिगत गरी आवेदन केन्द्र विस्तार गरिएको बताउँदै निकट भविष्यमा घनाबस्ती भएका राजधानीका चक्रपथ क्षेत्रका कोटेश्वर, कलङ्की, सामाखुसी, सातदोबाटोलगायतका स्थानमा पनि त्यस्ता केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

दैनिक दुई हजारभन्दा बढी व्यक्ति राहदानीका लागि आवेदन फाराम बुझाउन आउने गरेका बताउँदै राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालले राहदानी छपाइ पनि वृद्धि गर्ने योजनामा विभाग रहेको बताए ।

विगत तीन वर्षदेखि सरकारले यन्त्रले पढ्ने राहदानी एमआरपी वितरण गर्दै आएको छ । राहदानी वितरणबाट यस अवधिमा रु ६ अर्ब राजस्व सङ्कलन भएको जानकारी पनि महानिर्देशक खनालले दिए । - रासस

प्रकाशित मिति: January 21, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |