• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » ६२ बर्षीय प्रेमीले छाडेपछि अस्पतालमा सुत्केरी महिलाको विचल्ली
६२ बर्षीय प्रेमीले छाडेपछि अस्पतालमा सुत्केरी महिलाको विचल्ली

माघ ७ ।  काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालमा ६२ बर्षीय प्रेमीले छोरी जन्मिएपछि छाडेर हिड्दा सुत्केरी महिला विचल्लीमा परेकी छिन् ।

 छोराको आशा गरेका प्रेमीले छोरी जन्मिने यकिन भएपछि छाडेर हिँडेको बताइएको छ ।

छोरा पाउने आशामा २५ वर्षीया प्रेमिका लक्ष्मी सिवाकोटीलाई गर्भवती बनाएका ६२ वर्षीइ सुरेश भण्डारी प्रेमिकालाई छाडेर फरार भएको नयाँ पत्रिकामा खबर छापिएको छ ।

 अस्पतालको न्य वर्न वार्डको ३०७ को बडवाट भण्डारीलाई फोन लगाउँदैमा लक्ष्मी हैरान भएकी छिन् । उनका अनुसार काठमाण्डौ बत्तिसपुतली घर भएका भण्डारीकी पहिली श्रीमतीतर्फ ६ छोरी छन् । सुविधानगरस्थित एक गैरसरकारी संस्थाका सल्लाहकारसमेत रहेका भण्डारीले दोलखा पबटी ७ की लक्ष्मीलाई सोही संस्थामा जागिर लगाइदिएका थिए ।

पछि उनीसित लसपस गरेर गर्भवति बनाएका थिए, उनले छोरा जन्मेपछि घरमा भित्र्याउँछु भन्दै उनलाई फकाई फुल्याई गरिरहेका थिए । अघिल्लो वर्ष फागुनमा सो संस्थामा काम गर्न छिरेकी आफूलाई प्रेमजालमा पारी बैशाखमा गर्भवती बनाएको लक्ष्मीले बताइन् । त्यसपछिको खाने बस्ने व्यवस्था र गर्भपरीक्षणको व्वस्था पनि सुरेशले नै गरिदिँदै आएको उनको भनाई छ । पछिल्लो पटक १५ दिनअघि गर्भ जाँचका क्रममा भिडियो एक्सरे गरेपछि भण्डारी आफूसंग टाढिँदै गएको लक्ष्मीको आरोप छ ।

प्रकाशित मिति: January 21, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |