• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » नवनिर्वाचित प्रधानमन्त्रीद्धारा पद तथा गोपनियतासगै पदभार पनि ग्रहण
नवनिर्वाचित प्रधानमन्त्रीद्धारा पद तथा गोपनियतासगै पदभार पनि ग्रहण


काठमाडौं, २८ माघ ।
नवनिर्वाचित प्रधानमन्त्री सुशिल कोइरालाले राष्ट्रपति रामवरण यादवबाट गणतन्त्र नेपालको ३७ औं प्रधानमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

शितल निवासमा मंगलबार आयोजित विशेष समरोहमा कोइरालाले मुलुकप्रति पूर्ण बफादार भई काम गर्ने प्रतिज्ञा गर्दै इश्वरको नाममा सपथ लिएका छन् ।

कोइरालाले सपथ ग्रहण गरे लगत्तै बिना विभागीय मन्त्रीका रुपमा रामशरण महतलाई पनि पद तथा गोपनियताको सपथ गराए । उक्त विशेष समारोहमा उराष्ट्रपति परमानन्द झा, कायममुकामय प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र सभाध्यक्ष सूर्य बहादुर थापा उपस्थित थिए ।

सरकार निर्माण प्रक्रियामा भएको सहमतिबाट पछि हटेको भन्दै नेकपा एमालेले भने सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको छ । समारोहमा पूर्वप्रधानमन्त्रीको हैसियतमा झलनाथ खनाल र माधवकमुार नेपाल उपस्थित थिए । त्यस्तै पूर्वप्रधानमनत्रीहरुमा शेर बहादुर देउवा, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई र लोकेन्द्र बहादुर चन्दको पनि उपस्थिति थियो ।
समारोहमा मन्त्रीपरिषद्का निवर्तमान अध्यक्ष खिलराज रेग्मी, पूर्वमन्त्रीहरु, सभासद्हरु, नेपाली काँग्रेसका उपसभापति, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारीहरु, कूटनीतिक नियोगका प्रमुखहरु, सरकारी उच्च पदस्थ अधिकारीहरु, सेना तथा प्रहरीका प्रमुख तथा पदाधिकारीहरु, वरिष्ठ पत्रकारहरु, विभिन्न राजनीतिक दलका प्रमुखहरु पनि उपस्थित थियो ।

समारोहमा पूर्व प्रधानमन्त्रीहरु, पूर्व अध्यक्ष तथा मन्त्रीहरु, विभिन्न पार्टीका अध्यक्षहरु, संवैधानिक अङ्गका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका पदाधिकारीहरुले नवनियुक्त प्रधानमन्त्रीलाई शुभकामना तथा बधाई ज्ञापन गर्नुका साथै आ–आफ्नो परिचय दिएका थिए ।
सपथग्रहणपछि प्रधानमन्त्री कोइरालाले मंगलबार नै पदभारग्रहण समेत गरेका छन् । प्रधानमन्त्री कोइरालाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय पुगेर मंगलबार नै आफ्नो कार्यभार ग्रहण गरेका हुन् ।

सिंहदरबारमा कोइरालालाई मुख्य सचिव लीलामणि पौडेललगायत सरकारका उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

पदबहालीपछि नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले शान्ति, स्थिरता, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकास नै वर्तमान सरकारको प्राथमिकतामा रहेको बताए । सुशासन, पारदर्शिता कायम गरिने र भ्रष्टचार निवारण गरी जनतालाई केन्द्रमा राखेर काम गर्ने भन्दै कोइरालाले एक वर्षभित्रमै लोकतान्त्रिक संविधान आउनेमा आफू ढुक्क रहेको समेत जनाए ।

प्रकाशित मिति: February 11, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |