• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » २४ घण्टाभित्र डिन नियुक्त गर्न नवनिर्वाचित प्रधानमन्त्रीको निर्देशन
२४ घण्टाभित्र डिन नियुक्त गर्न नवनिर्वाचित प्रधानमन्त्रीको निर्देशन

काठमाडौं २८ माघ ।
प्रधानमन्त्री सुशिल कोइरालाले २४ घण्टाभित्र चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय पदाधिकारलिाई निर्देशन दिएका छन् ।

त्रिवि कुलपतिको हैसियतमा मंगलबार नै सपथ ग्रहण गरी कार्यकार सम्हालेका प्रधानमन्त्री कोइराला नेतृत्वको मन्त्रीपरिषद बैठकले यस्तो निर्देशन दिएको हो ।

डिन नियुक्तीको विषयमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी चौथो पटक अनसनमा छन् भने चिकित्सकहरु आन्दोलनमा छन् ।

मेडिकल कलेजलाई सम्बन्धन दिने बिषयमा दवाव खेप्न नसकी तत्कालीन डिन प्रकाश सायमीले राजिनामा दिएपछि बल्झिएको डिन विवाद अझैं मिल्न सकेको छैन । सायमीको राजिनामा स्वीकृत गर्दै त्रिवि कार्यकारी परिषद्ले विवादित छविका डा. शशि शर्मालाई नियुक्त गरेपछि डा. केसी १४ दिन लामो अनसन बसेका थिए । केसीको अनसन र चिकित्सक आन्दोलनका कारण त्रिविले डा. शर्मालाई बर्खास्त गरेको थियो ।

डा. केसीको १४ दिन लामो अनसन तोडाउन सरकारले राजिनामा गरेका सायमीको पुर्नवहाली वा वरिष्ठताको आधारमा नयाँ डिन नियुक्तीको प्रतिबद्धता जनाए पनि माग पूरा नभएपछि डा. केसी पुन शनिबारदेखि अनसनमा बसेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनको बिषयमा केसी अनसन बसेको यो चौथो पटक हो ।

प्रकाशित मिति: February 11, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |