• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » एक दुई दिनभित्रै सरकार गठनको विवाद अन्त्य : देउवा
एक दुई दिनभित्रै सरकार गठनको विवाद अन्त्य : देउवा

काठमाडौं १ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एक दुई दिनभित्रै सरकार गठनमा देखिएका विवाद अन्त्य हुने बताएका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी महासङ्घको नवौँ वार्षिकोत्सवलाई बिहीवार राजधानीमा सम्बोधन गर्दै नेता देउवाले नेकपा एमाले सरकारमा सामेल हुने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री सुशील कोइरालाको संयुक्त सरकार गठनको अनुभवको कमीले केही समस्या उत्पन्न गरेको बताउँदै उनले विस्तारै समस्या समाधान हुँदै जाने वताए ।

एक फरक प्रसङ्गमा उनले नयाँ संविधान निर्माणमा स्वास्थ्य, शिक्षालाई आधारभूत आवश्यकताका रुपमा व्याख्या गरी राज्यले नै ती सुविधा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । । महासङ्घका महासचिव मदन खनालले विशेष गरी विदेश जाने नेपालीको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यसहित महासङ्घ स्थापना गरिएको बताउँदै महासङ्घलाई व्यवस्थित बनाउँदै लैजाने दृढता व्यक्त गरे । रासस

प्रकाशित मिति: February 13, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |