डिनमा डा. श्रीवास्तव नियुक्त, डा. केसीले अनसन जारी राख्ने

त्रिवि कार्यकारी परिषद्को बैठकले बरिष्ठताका आधारमा शिक्षण अस्पतालका ईएनटी विभाग प्रमुख डा. श्रीवास्तावलाई डिनमा नियुक्त गरेको हो ।
बैठकले शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशकबाट डा. रतिन्द्र श्रेष्ठलाई बर्खास्त पनि गरेको छ । निमित्त कार्यकारी निर्देशकको जिम्मा डा. इश्वर लोहनीलाई दिइएको छ ।
डिन नियुक्त लगायत विभिन्न माग राखेर प्रा.डा. गोविन्द केसीले पटक–पटक आमरण अनसन बस्दै आएका छन् । केसीले डिन नियुक्त लगायत माग राखेर चौथो पटक आमरण सुरु गरेपछि परिषद्ले नया“ डिनमा श्रीवास्तलाई नियुक्त गरेको हो । यसअघि शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठलाई नियुक्त गरेपछि डाक्टर तथा विद्यार्थीहरुले राजीनामा दिएका थिए ।
यसअघि मंगलबार प्रधानमन्त्री सुशिल कोइरालाले २४ घण्टाभित्र नया“ डिन नियुक्त गर्न निर्देशन दिएका थिए ।
अनसनरत् डा. केसी भने श्रीवास्ताव नियुक्तीको निर्णय स्वागत गर्दै अन्य माग पूरा नभएसम्म अनसन जारी राख्नेमा पुगेका छन् । भिसी रेक्टर रजिस्टारलाई बर्खास्त गनुपर्ने आफ्नो पहिलो माग भएको उनको भनाई छ ।
यसअघि सरकारले उनका सबै माग पूरा गर्ने लिखित प्रतिबद्धता सरकारले गरेपछि केसीले अनसन तोडेका थिए । अनसन तोडिएपनि उनका माग पूरा नभए उनी पुनः अनसनमा बस्दै उपकुलपति, रेक्टर र रजिष्टारको बर्खास्ती लगायत माग अघि सारेका थिए ।
माघ २५ देखि पुनः आमरण थालेका केसीले नया“ मेडिकल कलेजलाई सम्वन्धन दिने प्रक्रियामा भएको अनियमितताको छानविन गरी कारवाही गर्नु पर्ने, ग्रामीण क्षेत्रमा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने र अघिल्लो अनशनका क्रममा भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।
प्रकाशित मिति:
February 12, 2014