कोइरालाले भनिन्– 'एमालेलाई गृह मन्त्रालय दिँदा केही फरक पर्दैन'
माघ २९ । काँग्रेस नेतृ सुजाता कोइरालाले गृह मन्त्रालय एमालेलाई दिने सहमतिबाट कांग्रेस पछि हट्न नहुने भन्दै एमालेलाई गृह मन्त्रालय दिँदा केही फरक नपर्ने बताएकी छन् ।राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा कोइरालाले संविधान निर्माणको जिम्मेवारी पूरा गर्न एमालेसँग भएको सहमति अनुसार गृह मन्त्रालय दिँदा फरक नपर्ने बताएकी हुन् । सहमति पालना नगर्दा काँग्रेसको छवि बिग्रने समेत उनले बताएकी छिन् ।
उनले गृहमन्त्रालय एमालेलाई दिने कि नदिने भन्नेमा पार्टीभित्रै विवाद भएको खुलासा पनि गरिन् ।
कार्यक्रममा एमाले सचिव शंकर पोख्रेलले एमालेका सभामुखका उम्मेदवार सुवास नेम्वाङको पक्षमा कांग्रेसले मतदान नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए ।
प्रकाशित मिति:
February 12, 2014