मच्छिन्द्रसँग थ्री स्टार २-१ गोलले पराजित

रातो कार्डपछि १० खेलाडीमा सिमित मच्छिन्द्रले लिग उपाधिको होडमा रहेको थ्रीस्टार क्लबलाई २–१ ले हराएको छ । मच्छिन्द्रले दुवै गोल दोस्रो हाफमा गरेको हो ।
यो नतिजापछि मच्छिन्द्र क्लव २२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । तेश्रो स्थानमा रहेको थ्रीस्टारको भने २४ अंक छ । एक खेल कम खेलेको मनाङ २६ अंकसहित शीर्ष स्थानमा कायम छ ।
प्रकाशित मिति:
February 12, 2014