छुट्टाछुट्टै मनाए दुई माओवादीले जनयुद्ध दिवस

पार्टी एक हुदा अघिल्ला वर्षहरुमा काठमाडौंको खुल्लामञ्चमा विशाल कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाईने गरिएपनि यो वर्ष छुट्टछुट्टै रुपमा दुवै माओवादीले बिहीबार १९ औं जनयुद्ध दिवस मनाए ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीले पार्टी कार्यालय पेरिसडा“डामा एक कार्यक्रमको आयोजना ग¥यो भने मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले पार्टीको नेवा राज्य कार्यालय कुपण्डोल परिसरमा कार्यक्रम आयोजना गरेको थियो ।
पेरिसडाडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले क्रान्तिकारी शक्तिहरुबीचको एकतामा जोड दिए । संघीय संविधान बनाउन मुद्धा मिल्नेहरुबीचमा एकता हुनुपर्ने भन्दै दाहाले जो जहा“ भएपनि एकता हुनुपर्छ भनेर बताइरह“दा कुपण्डोलमा नेकपा–अध्यक्ष वैद्यले भने एमाओवादीले जनताप्रति घात गरेको आरोप लगाईरहेका थिए ।
जनयुद्धको मर्म र भावना बिर्सेर जनताप्रति घात गरेको भन्दै अध्यक्ष वैद्यले जनताका अधिकारहरु एकपछि अर्का गर्दै खोएिका र असमानता कायम रहेको उल्लेख गरे ।
कार्यक्रममा अध्यक्ष वैद्यले २०५२ साल पूर्व क्रान्तिकारी केन्द्र निर्माण गरेको इतिहास स्मरण गराउदै वर्तमान संविधानबाट राजनीतिक निकास ननिस्कने ठोकुवा समेत गरे ।
यता, अध्यक्ष दाहालले पनि एक वर्षभित्र संविधान जारी हुनेमा शंका व्यक्त गरे । आफूहरु एक वर्षभित्र संविधान जारी गर्नका लागि प्रयत्नशील रहेपनि ६ महिना भित्र संविधानको मस्यौदा तयार हुने कुरामा शंका व्यक्त गरे ।
कार्यक्रममा अहिलेको संविधानसभा राष्ट्रिय पञ्चायतको जस्तो देखिएको समेत टिप्पणी गरेका छन् । पञ्चायत जस्तो देखिएपनि संविधानसभामा नै बसेर संविधान बनाउनुपर्ने उनको भनाई छ ।
जनयुद्धकै अवसरमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा–माओवादी सचिव देव गुरुङले जनयुद्धले उठाएका मुद्धा अझै पनि संबोधन नभएकाले नयाँ शिराबाट आन्दोलन सुरु गर्नुपर्ने बताए । जनयुद्धकै क्रममा नेताहरुले राष्ट्रिय स्वाधीनताको मुद्धालाई पाखा लगाएको उनको भनाई ।
माओवादी उपाध्यक्ष सिपी गजुरेलले चितवन पुगेर जनयुद्धको जगमा जनविद्रोहको तयारी थालेको उल्लेख गरे । जनयुद्धको उपलब्धी एमाओवादी अध्यक्ष दाहाल र बाबुराम भट्टराईले गर्भमै तुहाएको भन्दै दुवै जना षड्यन्त्रकारी र गद्धार भएको आरोप समेत लगाए ।
प्रकाशित मिति:
February 13, 2014