• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » छुट्टाछुट्टै मनाए दुई माओवादीले जनयुद्ध दिवस
छुट्टाछुट्टै मनाए दुई माओवादीले जनयुद्ध दिवस

फागुन १ काठमाडौं । १० वर्षे सशस्त्र युद्धको सुरुवाती दिन फागुन १ को अवसरमा दुवै माओवादीले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।

पार्टी एक हुदा अघिल्ला वर्षहरुमा काठमाडौंको खुल्लामञ्चमा विशाल कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाईने गरिएपनि यो वर्ष छुट्टछुट्टै रुपमा दुवै माओवादीले बिहीबार १९ औं जनयुद्ध दिवस मनाए ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीले पार्टी कार्यालय पेरिसडा“डामा एक कार्यक्रमको आयोजना ग¥यो भने मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले पार्टीको नेवा राज्य कार्यालय कुपण्डोल परिसरमा कार्यक्रम आयोजना गरेको थियो ।

पेरिसडाडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले क्रान्तिकारी शक्तिहरुबीचको एकतामा जोड दिए । संघीय संविधान बनाउन मुद्धा मिल्नेहरुबीचमा एकता हुनुपर्ने भन्दै दाहाले जो जहा“ भएपनि एकता हुनुपर्छ भनेर बताइरह“दा कुपण्डोलमा नेकपा–अध्यक्ष वैद्यले भने एमाओवादीले जनताप्रति घात गरेको आरोप लगाईरहेका थिए ।

जनयुद्धको मर्म र भावना बिर्सेर जनताप्रति घात गरेको भन्दै अध्यक्ष वैद्यले जनताका अधिकारहरु एकपछि अर्का गर्दै खोएिका र असमानता कायम रहेको उल्लेख गरे ।
कार्यक्रममा अध्यक्ष वैद्यले २०५२ साल पूर्व क्रान्तिकारी केन्द्र निर्माण गरेको इतिहास स्मरण गराउदै वर्तमान संविधानबाट राजनीतिक निकास ननिस्कने ठोकुवा समेत गरे ।
यता, अध्यक्ष दाहालले पनि एक वर्षभित्र संविधान जारी हुनेमा शंका व्यक्त गरे । आफूहरु एक वर्षभित्र संविधान जारी गर्नका लागि प्रयत्नशील रहेपनि ६ महिना भित्र संविधानको मस्यौदा तयार हुने कुरामा शंका व्यक्त गरे ।

कार्यक्रममा अहिलेको संविधानसभा राष्ट्रिय पञ्चायतको जस्तो देखिएको समेत टिप्पणी गरेका छन् । पञ्चायत जस्तो देखिएपनि संविधानसभामा नै बसेर संविधान बनाउनुपर्ने उनको भनाई छ ।


जनयुद्धकै अवसरमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा–माओवादी सचिव देव गुरुङले जनयुद्धले उठाएका मुद्धा अझै पनि संबोधन नभएकाले नयाँ शिराबाट आन्दोलन सुरु गर्नुपर्ने बताए । जनयुद्धकै क्रममा नेताहरुले राष्ट्रिय स्वाधीनताको मुद्धालाई पाखा लगाएको उनको भनाई ।

माओवादी उपाध्यक्ष सिपी गजुरेलले चितवन पुगेर जनयुद्धको जगमा जनविद्रोहको तयारी थालेको उल्लेख गरे । जनयुद्धको उपलब्धी एमाओवादी अध्यक्ष दाहाल र बाबुराम भट्टराईले गर्भमै तुहाएको भन्दै दुवै जना षड्यन्त्रकारी र गद्धार भएको आरोप समेत लगाए ।

प्रकाशित मिति: February 13, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |