• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » एमाले सचिव विष्णु पौडलद्धारा संसदमा राष्ट्रपतिको चर्को विरोध
एमाले सचिव विष्णु पौडलद्धारा संसदमा राष्ट्रपतिको चर्को विरोध

फागुन ९ । नेकपा एमालेका सचिव विष्णु पौडेलले राष्ट्रपति डा रामवरण यादवले गत माघ २७ गते वर्तमान सरकारलाई लिखित रुपमा सातबुँदे निर्देशन र सुझाव दिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

व्यवस्थापिका–संसद्को शुत्रबारको बैठकको प्रारम्भमा समय मागेर उनले तत्कालीन राजाहरुले सरकारलाई दिएको जस्तो स्वइच्छाले निर्देशन दिनु लोकतन्त्र र संविधानको मर्मविपरीत भएको भन्दै आलोचना गरेका छन् । संसद्ले यस कार्यलाई नोटिसमा लिनुपर्ने माग समेत उनले गरेका छन् ।

संसद बैठकमा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले फेरि पनि विद्युत्को महसुल २० प्रतिशत बढाउन लागेको भन्दै यसप्रति आपत्ति जनाएका थिए ।

एमाओवादीका हरिलाल ज्ञवालीले भने दुई वर्षको ठेक्कामा बनाउन लागिएको हुलाकी सडक चार वर्ष बितिसक्दा पनि नबनेको प्रति गुनासो गरेका छन् ।

प्रकाशित मिति: February 21, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |