एमाले सचिव विष्णु पौडलद्धारा संसदमा राष्ट्रपतिको चर्को विरोध
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiYAL0X9q0aRDuBQBV4XJbMDe3Z6ou9kNLu2H5rhL-xeZcB1fJQc6n87SlKmiW2IJULuCQ_tl2XXxAGac4XRYt9FCA12EJrXDVOXcu2DwGUyGsyZd1B7aYPGfAG9R-TogzdST6kO2PfcUI/s1600/bisnu.jpg)
व्यवस्थापिका–संसद्को शुत्रबारको बैठकको प्रारम्भमा समय मागेर उनले तत्कालीन राजाहरुले सरकारलाई दिएको जस्तो स्वइच्छाले निर्देशन दिनु लोकतन्त्र र संविधानको मर्मविपरीत भएको भन्दै आलोचना गरेका छन् । संसद्ले यस कार्यलाई नोटिसमा लिनुपर्ने माग समेत उनले गरेका छन् ।
संसद बैठकमा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले फेरि पनि विद्युत्को महसुल २० प्रतिशत बढाउन लागेको भन्दै यसप्रति आपत्ति जनाएका थिए ।
एमाओवादीका हरिलाल ज्ञवालीले भने दुई वर्षको ठेक्कामा बनाउन लागिएको हुलाकी सडक चार वर्ष बितिसक्दा पनि नबनेको प्रति गुनासो गरेका छन् ।
प्रकाशित मिति:
February 21, 2014