• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary, Political » को–को छन् त कांग्रेसबाट मन्त्री बन्ने सुचीमा
को–को छन् त कांग्रेसबाट मन्त्री बन्ने सुचीमा

फागुन । गृह मन्त्रालयको विवाद नेपाली कांग्रेस र उसलाई समर्थन गरेको दल एमालेबीच अझै मिल्न सकेको छैन ।

गृह मन्त्रालय नदिईकनै कांग्रेस एमालेलाई सरकारमा सहभागी गराउन चाहन्छ भने गृह मन्त्रालय नपाउँदा सरकारमा नै सहभागी नहुने एमालेले निर्णय गरिसकेको छ ।

यसै विषयमा विवाद चर्किदै गएपछि प्रधानमन्त्री सुशिल कोइराला भने अल्पमतको सरकार नै भएपनि विस्तार गरेर अघि बढ्ने सोचमा पुगेको बताइएको छ ।

सरकारमा एमाले नआए पनि कांग्रेसबाट मन्त्री बन्नेहरुलाई सहभागी बनाएर मन्त्रीमण्डल विस्तार गर्ने सोचमा कोइराला पुगेका छन् ।

कांग्रेसबाट को को मन्त्री बन्ने भन्ने विवाद पनि उत्तिनै छ । महामन्त्री प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको दाबी गरेका छन् । प्रधानमन्त्री चयनकै दिन विनाविभागीयमन्त्रीको रूपमा शपथ खाएका डा. रामशरण महत अर्थमन्त्री र परराष्ट्रमन्त्रीका दाबेदार हुन् । तर, उनको बढी रुचि अर्थमा छ । महेश आचार्य पनि अर्थका दाबेदार छन् । परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्का पनि दाबेदार छन् ।

प्रधानमन्त्रीले आनन्दप्रसाद ढुंगाना र दिलबहादुर घर्तीलाई पनि मन्त्री बनाउन खोजेका छन् । उनीहरू कोइराला कोटरीका मानिन्छन् । उपसभापति रामचन्द्र पौडेलले नवीन्द्रराज जोशीलाई पनि मन्त्री बनाउन दबाब दिएका छन् ।

त्यस्तै, कांग्रेसमा कोषाध्यक्ष चित्रलेखा यादव, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा पनि मन्त्री बन्ने चर्चामा छन् । तीनैजना देउवानिकट हुन् ।

प्रकाशित मिति: February 21, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |