अधिक लगानीकर्ताले चाहेका डा. महत बन्लान् त अर्थमन्त्री ?
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEimFs5hMZWPCRqaghDPuOgY7PjX7P98H8qk9NqD_wStziqymzWLRtZCszjUeSJmIpzwqw67u-rqjJ3wFoOYdgz0MPmbzqqN2zjkGK48v4buuKDBdCzOKmc4XeCyW-v5sbnPNhwbBgj8SMU/s1600/mahat.jpg)
जसको सोझो प्रभाव अर्थतन्त्रको मेरुदण्ड मानिएको नेम्से सेयर बजार उकालो लागेर देखाईदिई सकेको छ ।
अझै पनि धेरै लगानीकर्ता डा. रामशरण महत अर्थमन्त्री भईदिए हुन्थ्यो भन्ने पक्षमा भेटिएका छन् । तर यो पटक पूर्वअर्थमन्त्री समेत रहेका महत अर्थ भन्दा पनि अन्य मन्त्रालयतिर पनि आँखा लगाईरहेको पाइएको छ ।
म धेरै पटक अर्थमन्त्री भए भन्दै उनले परराष्ट्र मन्त्रालय चाहेका हुन् । तर परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्काले पनि दाबी गरिरहेका छन् । महतले भने परराष्ट्र र अर्थ मध्ये एउटा रुचाएको र अलि बढी परराष्ट्र चाहेको जस्तो देखिएको बुझिएको स्रोत बताउँछ ।
यता, अर्थमन्त्रालयमा महेश आचार्यले पनि दाबेदारी गरिरहेका छन् । तर, अहिले एक्ला बिना विभागीय मन्त्री समेत रहेका महत नै अर्थमन्त्री भईदिए हुन्थ्यो भन्ने धेरै लगानीकर्ताहरु भेटिन्छन् ।
यद्यपी, महत नै नभए पनि खुल्ला अर्थतन्त्रको नीति अवलम्बन गर्ने कांग्रेसमा अर्थमन्त्रालय जानुलाई उनीहरुले सकरात्मक तरिकाले लिईरहेका छन् ।
प्रकाशित मिति:
February 21, 2014