• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, Hot Issue, photo Gallary » अधिक लगानीकर्ताले चाहेका डा. महत बन्लान् त अर्थमन्त्री ?
अधिक लगानीकर्ताले चाहेका डा. महत बन्लान् त अर्थमन्त्री ?

फागुन  । सरकारले पूर्णता नै नपाए पनि संविधानसभामा प्रजातान्त्रिक शक्तिको बहुमत पुगेको र सरकारको नेतृत्व कांग्रेसले लिएको भन्दै उद्योगी व्यवसायीहरु भने हौसिएका छन् ।

जसको सोझो प्रभाव अर्थतन्त्रको मेरुदण्ड मानिएको नेम्से सेयर बजार उकालो लागेर देखाईदिई सकेको छ ।

अझै पनि धेरै लगानीकर्ता डा. रामशरण महत अर्थमन्त्री भईदिए हुन्थ्यो भन्ने पक्षमा भेटिएका छन् ।  तर यो पटक पूर्वअर्थमन्त्री समेत रहेका महत अर्थ भन्दा पनि अन्य मन्त्रालयतिर पनि आँखा लगाईरहेको पाइएको छ ।

म धेरै पटक अर्थमन्त्री भए भन्दै उनले परराष्ट्र मन्त्रालय चाहेका हुन् । तर परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्काले पनि दाबी गरिरहेका छन् । महतले भने परराष्ट्र र अर्थ मध्ये एउटा रुचाएको र अलि बढी परराष्ट्र चाहेको जस्तो देखिएको बुझिएको स्रोत बताउँछ ।

यता, अर्थमन्त्रालयमा महेश आचार्यले पनि दाबेदारी गरिरहेका छन् । तर, अहिले एक्ला बिना विभागीय मन्त्री समेत रहेका महत नै अर्थमन्त्री भईदिए हुन्थ्यो भन्ने धेरै लगानीकर्ताहरु भेटिन्छन् ।

यद्यपी, महत नै नभए पनि खुल्ला अर्थतन्त्रको नीति अवलम्बन गर्ने कांग्रेसमा अर्थमन्त्रालय जानुलाई उनीहरुले सकरात्मक तरिकाले लिईरहेका छन् ।

प्रकाशित मिति: February 21, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |