• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, Technology » त्रिभुवन विश्वविद्यालयको लोगो प्रयोग गरी फेसबुकमा नक्कली आईडीकार्डवाला एप्स्
त्रिभुवन विश्वविद्यालयको लोगो प्रयोग गरी फेसबुकमा नक्कली आईडीकार्डवाला एप्स्

फागुन ९ । फेसबुकमा त्रिभुवन विश्वविद्यालयको लोगो प्रयोग भएको एउटा एप्लिकेशन आएको छ ।

गेट योर त्रिभुवन युनिभर्सिटी आइडी कार्ड भएको उक्त एप्लिकेशन विद्यार्थीको आइडी कार्ड जस्तै देखिन्छ । त्यसमा त्रिविको लोगो समेत प्रयोग गरिएकाले सार्वजनिक सवारी साधनमा दुरुपयोग गर्न समेत सकिने सम्भावना छ ।  यसरी त्रिविको लोगो प्रयोग गर्नु गैरकानुनी पनि मान्न सकिन्छ ।

कार्डलाई सेभ गरेर प्रिन्ट गरेको अवस्थामा लोगो समेत उस्तै भएकाले अन्य कार्ड र उक्त कार्डमा उस्तै उस्तै देखिने सक्नेछन् । साधारण पढेलेखेका सहचालकहरुले छुट्याउन यसलाई गाह्रो पर्ने देखिएको छ । त्रिवि सेन्ट्रल डिपार्टमेन्ट अफ फेसबुक भनिएको उक्त कार्डमा नोटिस जस्तै गरी यो फेसबुक युजरका लागि मात्रै भएको र मिसयुज नगर्न भनिएको छ ।

उक्त एप्स्बाट बन्ने कार्डमा फोन नम्बर समेत राखिएको छ । उक्त नम्बरमा सम्पर्क गर्दा फोन भने रिसिभ भएको छैन । कुनै ठाउँमा त्रिवि लोगोसहित राखिएकाले दूरुपयोग भएको उजुरी परेमा छानबिन गरिने प्रहरीले जनाएको छ ।

हेर्नुहोस् एक जना फेसबुक युजरकर्ताले उक्त एप्सबाट बनाएको कार्ड जहाँ त्रिवि लोगो, फोन नम्बरसमेत समावेश छ ।

प्रकाशित मिति: February 21, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |