त्रिभुवन विश्वविद्यालयको लोगो प्रयोग गरी फेसबुकमा नक्कली आईडीकार्डवाला एप्स्
फागुन ९ । फेसबुकमा त्रिभुवन विश्वविद्यालयको लोगो प्रयोग भएको एउटा एप्लिकेशन आएको छ ।
गेट योर त्रिभुवन युनिभर्सिटी आइडी कार्ड भएको उक्त एप्लिकेशन विद्यार्थीको आइडी कार्ड जस्तै देखिन्छ । त्यसमा त्रिविको लोगो समेत प्रयोग गरिएकाले सार्वजनिक सवारी साधनमा दुरुपयोग गर्न समेत सकिने सम्भावना छ । यसरी त्रिविको लोगो प्रयोग गर्नु गैरकानुनी पनि मान्न सकिन्छ ।
कार्डलाई सेभ गरेर प्रिन्ट गरेको अवस्थामा लोगो समेत उस्तै भएकाले अन्य कार्ड र उक्त कार्डमा उस्तै उस्तै देखिने सक्नेछन् । साधारण पढेलेखेका सहचालकहरुले छुट्याउन यसलाई गाह्रो पर्ने देखिएको छ । त्रिवि सेन्ट्रल डिपार्टमेन्ट अफ फेसबुक भनिएको उक्त कार्डमा नोटिस जस्तै गरी यो फेसबुक युजरका लागि मात्रै भएको र मिसयुज नगर्न भनिएको छ ।
उक्त एप्स्बाट बन्ने कार्डमा फोन नम्बर समेत राखिएको छ । उक्त नम्बरमा सम्पर्क गर्दा फोन भने रिसिभ भएको छैन । कुनै ठाउँमा त्रिवि लोगोसहित राखिएकाले दूरुपयोग भएको उजुरी परेमा छानबिन गरिने प्रहरीले जनाएको छ ।

हेर्नुहोस् एक जना फेसबुक युजरकर्ताले उक्त एप्सबाट बनाएको कार्ड जहाँ त्रिवि लोगो, फोन नम्बरसमेत समावेश छ । |
![]() |
प्रकाशित मिति:
February 21, 2014