• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » भट्टराई भन्छन्- 'गृह मन्त्रालय सम्बन्धी विवादको बल प्रधानमन्त्रीकै हातमा'
भट्टराई भन्छन्- 'गृह मन्त्रालय सम्बन्धी विवादको बल प्रधानमन्त्रीकै हातमा'

काठमाडौं ९ फागुन । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले गृह मन्त्रालय सम्बन्धी विवादको बल प्रधानमन्त्री सुशिल कोइरालाको हातमा रहेको बताएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गृह मन्त्रालयको विषयमा विवाद चुलिरहेको अवस्थामा विवादको बल प्रधानमन्त्रीको हातमा रहेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नै प्रधानमन्त्री कोइरालाले नै समस्या समाधान गर्नुपर्ने विचार व्यक्त गरेका छन् । विवाद समाधानका लागि प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वको क्षमता देखाउनुपर्ने समेत भट्टराईको भनाई छ ।

यसअघि दुई पटक सरकारको नेतृत्व गर्दा एमाओवादीले गृह मन्त्रालय नलिएको भन्दै अहिले कांग्रेस र एमालेको विवाद बुझिनसक्नु भएको टिप्पणी समेत उनले गरेका छन् र्। अहिले कांग्रेस र एमाले गृह मन्त्रालय नपाए आकाशै खस्ने जुन कुरा गरिरहेका छन्’ सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले भनेका छन्र्– त्यो (गृह विवाद) बुझिनसक्नु भएको छ ।’

भट्टराईले एमाओवादी सरकारमा जाने हल्ला निराधार भएको पनि स्पष्ट पारेका छन् । सरकारमा जाने नजानेबारे पार्टी नेताहरुको फरक फरक मत आइरहेका बेला भट्टराईले राष्ट्रिय सहमतिको सरकार बाहेक अरु कुनै पनि सरकारमा अहिले एमाओवादी सहभागी नबन्ने स्पष्ट पारेका छन् र्। राष्ट्रिय सहमतिको सरकारमा बाहेक अरु कुनै सरकारमा अहिले एमाओवादी सहभागी बन्दैन र बन्नु हुदैन’ भट्टराईले भनेका छन्र्– अरु सबै अनुमान र हल्ला निराधार हुन् ।’

प्रकाशित मिति: February 21, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |