सामुदायीक वनका अध्यक्ष नै वन मुद्धामा पक्राउ
दिप बहादुर घर्ति
जाजरकोट १० फागुन । जाजरकोट डाडाँगाउ गाविसबाट वन मुद्धामा एक सामुदायीक उपभोक्ता समितिका अध्यक्ष लगाएतका ६ जना सर्वसाधारण गत माघ २८ गते पक्राउ परि हाल सम्म प्रहरी हिरासतमै छन् । पक्राउ परेको घटना स्थलमा आबश्यक वन पुर्जी देखाउन नसकेपछि वन अध्यक्ष लगाएत ६ जना पक्राउ परेका हुन् ।
डाडाँगाउँ गाविस वडानं. १ पालीको टर्रे सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष पृर्थे पुनले वन उपभोक्ता समितिको सामुदायीक भवन निर्माण गर्ने समुहको निर्णय अनुसार १सय ६० क्युफुट असना/साजको दार चिरान गराईरहेको अवस्थामा अध्यक्ष लगाएत काम गर्ने अरु ५ जना कामदारहरु पक्राउ परेका हुन । दल्लि रेन्जरपोष्टका ईन्चार्ज पूर्ण बहादुर चन्दको टोलीले दार चिरान गरिरहेको ठाउँबाट पक्राउ गरेको थियो । पक्राउ परेका सबै हाल सम्म थुनामै छन् ।
सामुदायीक वन उपभोक्ता समितिको वन कार्ययोजनाको म्याद पनि प्रयाप्तै दखिएको छ । नियमले रेन्जरपोष्ट र जिल्ला वन कार्यालयको सहमति लिई उपभोक्ता समुहको निर्णयमा मात्र दार काट्ने र चिरान गर्नु पर्ने ईन्चार्ज पूर्ण बहादुर चन्द वताउछन । उनीले वन कार्यालयको अंगका रुपमा रहेको वन उपभोक्ता समितिको सामुदायीक भवनका लागी चिरान गरिरहेका कामदारहरु र वन समितिका अध्यक्ष नै वन मुद्धामा पक्राउ भएको घटना सायद यो नै पहिलो हो भने । यो घटनाले जिल्लामा रहेका सबैलाई वन नियम र कानुनलाई अध्ययन गर्नै पर्ने बनाएको छ ।
वन उपभोक्ताहरुको छाता संगठनका रुपमा रहेको जिल्ला वन उपभोक्ता महासंघ पनि रहेको छ । यो घटनामा वन उपभोक्ता महासंघका अध्यक्षको कुनै ध्यान जान सकिरहेको छैन ।
वन उपभोक्ता समितिको हकहितका बारेमा बोल्ने महासंघले मुखनै नखोले पछि महासंघको काम के भनेर सर्वसाधारणहरुले गुनासो गरिरहेका छन । झण्डै १० दिन सम्म वन उपभोक्ता समितिकै अध्यक्ष प्रहरी थुना हिरासतमा रहदा पनि महासंघको ध्यान नपुग्नु विरालोको कानमा तेल कहिले पर्ने हो आफुलाई बुझ्न गारो छ डाडाँगाउँका प्रताव जैसीले भने । महासंघका लागि पनि यो घटना पहिलो हो । यस घटनाबारे महासंघले के गर्नु पर्छ थाहा पनि नभएको हुन सक्छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgq3CtTuwBBhUJebWQXEppDcXfDctLQltd82y22GZv13ZFUa12vTXn2MA5eRVnDBsSBEiwZXahelSAY12KUzFLHHF-0Da5mQssB3iRtQmc1IqY9JjkYIlmJonEH_BLAMjX-4P1n83TNGJ8/s1600/arrested.jpg)
डाडाँगाउँ गाविस वडानं. १ पालीको टर्रे सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष पृर्थे पुनले वन उपभोक्ता समितिको सामुदायीक भवन निर्माण गर्ने समुहको निर्णय अनुसार १सय ६० क्युफुट असना/साजको दार चिरान गराईरहेको अवस्थामा अध्यक्ष लगाएत काम गर्ने अरु ५ जना कामदारहरु पक्राउ परेका हुन । दल्लि रेन्जरपोष्टका ईन्चार्ज पूर्ण बहादुर चन्दको टोलीले दार चिरान गरिरहेको ठाउँबाट पक्राउ गरेको थियो । पक्राउ परेका सबै हाल सम्म थुनामै छन् ।
सामुदायीक वन उपभोक्ता समितिको वन कार्ययोजनाको म्याद पनि प्रयाप्तै दखिएको छ । नियमले रेन्जरपोष्ट र जिल्ला वन कार्यालयको सहमति लिई उपभोक्ता समुहको निर्णयमा मात्र दार काट्ने र चिरान गर्नु पर्ने ईन्चार्ज पूर्ण बहादुर चन्द वताउछन । उनीले वन कार्यालयको अंगका रुपमा रहेको वन उपभोक्ता समितिको सामुदायीक भवनका लागी चिरान गरिरहेका कामदारहरु र वन समितिका अध्यक्ष नै वन मुद्धामा पक्राउ भएको घटना सायद यो नै पहिलो हो भने । यो घटनाले जिल्लामा रहेका सबैलाई वन नियम र कानुनलाई अध्ययन गर्नै पर्ने बनाएको छ ।
वन उपभोक्ताहरुको छाता संगठनका रुपमा रहेको जिल्ला वन उपभोक्ता महासंघ पनि रहेको छ । यो घटनामा वन उपभोक्ता महासंघका अध्यक्षको कुनै ध्यान जान सकिरहेको छैन ।
वन उपभोक्ता समितिको हकहितका बारेमा बोल्ने महासंघले मुखनै नखोले पछि महासंघको काम के भनेर सर्वसाधारणहरुले गुनासो गरिरहेका छन । झण्डै १० दिन सम्म वन उपभोक्ता समितिकै अध्यक्ष प्रहरी थुना हिरासतमा रहदा पनि महासंघको ध्यान नपुग्नु विरालोको कानमा तेल कहिले पर्ने हो आफुलाई बुझ्न गारो छ डाडाँगाउँका प्रताव जैसीले भने । महासंघका लागि पनि यो घटना पहिलो हो । यस घटनाबारे महासंघले के गर्नु पर्छ थाहा पनि नभएको हुन सक्छ ।
प्रकाशित मिति:
February 22, 2014