• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News, photo Gallary » सैनिक सामर्थ्यमा विश्वको ७७ औं स्थानमा नेपाल
सैनिक सामर्थ्यमा विश्वको ७७ औं स्थानमा नेपाल

फागुन १० । विश्वका विभिन्न एक सय ६ मुलुकको सैन्य सामर्थ्य मध्ये नेपाल ७७ औं स्थानमा परेको छ ।

विश्वको सैनिकसम्बन्धी अनुसन्धान गर्ने संस्था ग्लोबल फायर पावर (जिएफपी)ले अध्ययनमा नेपाल उक्त स्थानमा छ ।

उक्त संस्थाको बेवसाइटमा विभिन्न देशहरुलाई विभिन्न तरिकाले मापन गरी उल्लेख गरेको छ । वेबसाइटले सैनिक सामथ्र्य मापनका लागि सेनालाई केन्द्रीय भागमा राखेको छ । मानव स्रोत, प्राकृतिक स्रोत साधन, भू-बनोट, भौतिक पूर्वाधार, अर्थ, हवाई, जललगायत शक्तिका विभिन्न ५० स्रोत सैनिक सामथ्र्य मापनका मुख्य आधार बनाइएका छन् । जिएफपीले अघिल्लो वर्ष निकालेको सूचीमा भने नेपाल विश्वको ६४ औं स्थानमा थियो । त्योबेला जिएफपीले विश्वका ६८ मुलुकलाई सैनिक सामर्थ्यका आधारमा सूचीकृत गरेको थियो ।


वेबसाइटका अनुसार सैनिक सामथ्र्यका आधारमा विश्वका १० शक्ति राष्ट्रलाई ‘सुपर पावर’ भनिएको छ । यस्तो शक्ति राष्ट्रको पहिलो सूचीमा अमेरिका छ । दोस्रोमा रसिया, तेस्रोमा चीन तथा चौथो शक्तिराष्ट्रका रुपमा छिमेकी भारत छ । पाँचौंदेखि दशौंसम्म क्रमशः बेलायत, फ्रान्स, जर्मनी, टर्की, दक्षिण कोरिया र जापान शक्तिशाली राष्ट्रको सूचीमा परेका छन् ।

अन्य मुलुकको तुलनामा नेपाल सैनिक सामथ्र्यका आधारले भौतिक पूर्वाधारमा पछि रहेको सो वेबसाइटले उल्लेख गरेको खबर नयाँ पत्रिकाले छापेको छ ।

प्रकाशित मिति: February 22, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |