• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » मन्त्रिपरिषद् विस्तारमा किचलो भएपछि मन्त्रीका सबै अधिकार सचिवलाई
मन्त्रिपरिषद् विस्तारमा किचलो भएपछि मन्त्रीका सबै अधिकार सचिवलाई

फागुन १० । नेपाली कांग्रेस र सत्ता समर्थनवाला दल एमालेबीच गृह मन्त्रालयको विवादका कारण किचलो उत्पन्न भई मन्त्रीपरिषद् नै विस्तार हुन नसकेपछि  मन्त्रीका सबै अधिकार सचिवहरुलाई प्रदान गरिएको छ ।

अब यो सँगै  मन्त्री नआउँदासम्म सरकारका सचिवहरुले मन्त्रीसरह नीतिगत निर्णयसमेत गर्न पाउने भएका छन् ।

सचिवहरुलाई मन्त्रालयमा आफैं नीतिगत निर्णय गरेर अन्तिम स्वीकृतिका लागि कुनै पनि प्रस्ताव मन्त्रिपरिषदका लैजानेसम्मको अधिकार दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार पछिल्लोपटक मंगलबार बसेको दुई सदस्यीय मन्त्रिपरिषदको बैठकले अत्यावश्यक निर्णय गर्नुपर्ने विषयमा सचिवहरुलाई मन्त्रीसरहको अधिकार दिएको खबर नयाँ पत्रिकामा छापिएको छ ।

 हाल प्रधानमन्त्रीसहित २६ वटै मन्त्रालयको जिम्मेवारी कोइराला आफैंले लिएका छन् ।

मन्त्रालयले गर्ने नीतिगत निर्णय सचिवले प्रस्ताव तयार गर्ने र मन्त्रीले निर्णय गरेर मन्त्रीले नै मन्त्रिपरिषदमा पेस गर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति: February 22, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
गृह पृष्ठ |