पर्वतारोहण सङ्घमा ४७३ मत प्राप्त गर्दै शेर्पा निर्वाचित
फागुन १० । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको अध्यक्ष पदमा आङ छिरिङ शेर्पा निर्वाचित भएका छन् ।शुक्रबार सम्पन्न निर्वाचनमा शेर्पाले ४७३ मत प्राप्त गर्नुभएको थियो भने उनका प्रतिद्वन्द्वी निमानोर्बु शेर्पाले ३९१ मत प्राप्त गरे ।
त्यसैगरी १५ सदस्यीय कार्यकारीणी समितिका अन्य पदाधिकारी र सदस्यहरुमा आङ छिरिङ प्यानलकै उम्मेदवार विजयी भएका छन् ।
सङ्घको प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः सन्तवीर लामा, दिवसविक्रम शाह, ठाकुरराज पाण्डे, राजेन्द्रमान श्रेष्ठ र टीकाराम गुरुङ निर्वाचित भएका छन् ।
साथै सङ्घको सदस्यहरुमा डा हरि श्रेष्ठ, श्रीमती कामिनी एल शेर्पा, धनबहादुर गुरु, सुश्री छुरिम शेर्पा, पासाङ शेर्पा, लाक्पा शेर्पा, दा गेल्जे शेर्पा, पेम्वा दोर्जे शेर्पा र डा निमा नाम्गेल शेर्पा चुनिएका छन् ।
प्रकाशित मिति:
February 22, 2014