• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » चारैतिरबाट प्रधानमन्त्रीलाई हातखुट्टा बाँध्न गर्नुहुन्न : पौडेल
चारैतिरबाट प्रधानमन्त्रीलाई हातखुट्टा बाँध्न गर्नुहुन्न : पौडेल

काठमाडौँ, १० फागुन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा (एमाले) ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्छ भनेर निहुँ खोज्नु सुहाउँदो कुरा नभएको बताएका छन् ।

उनले भने, “राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा संविधानमै स्पष्ट व्यवस्था छ, किन एमालेले त्यो व्यवस्थालाई थाहा नपाएजस्तो गरिरहेको छ । अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आवश्यक छैन ।”

नेपाली काँग्रेस महोत्तरी–काठमाडौँ सम्पर्क समितिद्वारा महोत्तरी जिल्लाबाट संविधानसभामा नेकाका तर्फबाट प्रतिनिधित्व गरेका सभासद्हरूलाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति पौडेलले एमालेलाई सरकारमा सहभागी हुन आह्वानसमेत गरे ।


उपसभापति पौडेलले पार्टी सभापति सुशील कोइरालालाई पूर्ण विश्वास गरेर नै संसदीय दलको नेता एवम् प्रधानमन्त्री चयन गरेको चर्चा गर्दै उनले प्रधानमन्त्रीको अधिकार प्रयोग गर्न पाउनुपर्न पनि बताएका छन् ।

“संसदीय व्यवस्था विपरीत प्रधानमन्त्रीलाई पार्टीभित्र, बाहिर र चारैतिरबाट हातखुट्टा बाँध्ने काम गर्नुहुन्न, प्रधानमन्त्रीलाई स्वविवेकले काम गर्न दिनुपर्छ”, उनले भने ।

प्रकाशित मिति: February 22, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |