• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सेमेस्टर प्रणालीले झनै अस्तव्यस्त त्रिवि
सेमेस्टर प्रणालीले झनै अस्तव्यस्त त्रिवि

काठमाडौँ, १० फागुन । आवश्यक पूर्वाधारको तयारी नै नगरी त्रिभुवन विश्वविद्यालयले सेमेस्टार प्रणाली लागू गर्ने तयारीले त्रिवि अस्तव्यस्त बन्न पुगेको छ ।

नेकपा–माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी) लगायत १२ विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयले लागू गर्न लागेको सेमेस्टर प्रणाली खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छन् ।

त्यसै त पढाईमा ढिला हुन गईरहेकोमा सेमेस्टारको विरोधमा हुने यस्ता आन्दोलनले त्रिविमा अस्तव्यस्त थपिन पुगेको छ ।

अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा बसेको विद्यार्थी सङ्गठनहरुको बैठकले बिना तयारी एकलौटी ढङ्गले  सेमेस्टर प्रणाली लागू गर्न लागिएको भन्दै विरोध कार्यक्रम तय गरिएको छ ।

ती विद्यार्थी संगठनहरुले आफूहरु सेमेस्टा प्रणालीको पक्षमा भएपनि आवश्यक तयारी नपुगेको तथा एक्कासी महंगो शुल्क बनाइएको भन्दै आन्दोलित छन् ।

यसअघि नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)लगायतका विद्यार्थी सङ्गठनले भने सेमेस्टर प्रणाली लागू गर्नु जायज भएको भन्दै त्रिवि पदाधिकारीसँग सहमति गरेका थिए ।

तर केही विद्यार्थी संगठनहरुले भने अझै पनि आन्दोलन जारी राखेको र त्रिविले त्यसतर्फ ध्यान नदिँदा यसले त्रिविमा अस्तव्यस्तता भने बढाएको छ ।

त्रिविले यो वर्षदेखि त्रिवि किर्तिपुर तथा त्रिविका केन्द्रीय विभागहरुमा सेमेस्टार प्रणाली लागू गर्ने तयारी गरेको हो । त्यसको इन्टान्सका लागि त्रिविले विज्ञापनमार्फत समयसमेत तोकेको छ । तर, आन्दोलनका कारण प्रभावहिन बन्ने सम्भावना बढेर गएको छ ।

प्रकाशित मिति: February 22, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |