• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » रमेश खरेलसँग सँगै फोटो खिचाउने व्यक्ति नै एकैछिनमा प्रहरी खोरमा
रमेश खरेलसँग सँगै फोटो खिचाउने व्यक्ति नै एकैछिनमा प्रहरी खोरमा

११ फागुन, काठमाडौं । इचङ्गुनारायणस्थित सामुदायिक सेवा केन्द्रले शनिबार बिहान गरेको ‘समाजको शान्ति सुरक्षामा नागरिक र प्रहरीको भूमिका’ विषयक अन्तक्रिर्याका प्रमुख अतिथि थिए- काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेल । सधैं भन्दै आएको कुरा उनले त्यहाँ पनि दोहोर्‍याए, गुन्डा नियन्त्रण अभियानबारे ।

कार्यक्रम सकिएको के थियो- यी ‘सेलिब्रेटी पुलिस’ सँग तस्बिर खिचाउनेको भीड नै लाग्यो । मञ्चमा उनीभन्दा पछिल्लो हरफको कुर्सीमा बसेका एक व्यक्तिले पनि उनीसँगै नारिएर तस्बिर खिचाए । जब गाडी चढेर खरेल अलि अघि मात्र बढेका थिए, एक स्थानीयको फोन आयो- ‘गुन्डागर्दी नियन्त्रण गर्छु भन्ने, अनि उल्टै आफैं गुन्डासँग बसेर फोटो खिचाउने…?’

एसएसपी खरेल अकमक्क परे । मञ्चमा आफूभन्दा पछाडि बस्ने, पछि सँगै तस्बिर खिचाउने ती व्यक्ति रहेछन्- प्रहरीले नै खोजी गरिरहेका गुन्डा शुक्रबहादुर लामा ‘बाघे’ ।
आपराधिक पृष्ठभूमिका बाघे सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष रहेछन् । ‘पहिला म काठमाडौंमा हुँदा तर्किंदै भाग्थ्यो,’ खरेलले भने, ‘अहिले त सँगै फोटो खिचाउँदासमेत चिनिनँ, सर्वसाधारणले फोन गरेपछि पो झसंग भएँ ।’

आफूसँग भाग्दै हिँड्ने गुन्डाले सँगै तस्बिर खिच्ने हिम्मत गरेकामा उनी चकित परे । तर यसबारे जानकार थिए, महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी दयानिधि ज्ञवाली । उनले बाघेलाई त पक्राउ गरेनन् नै, सँगै तस्बिर खिचिरहँदासमेत हाकिमलाई जानकारी दिएनन् । खरेलले बाघेबारे थाहा पाएपछि फोन गरेर डीएसपी ज्ञवालीलाई आदेश दिए, ‘एक घन्टाभित्र पक्रेर ल्याउनू, नत्र तपाईंमाथि नै कारबाही हुन्छ ।’ आदेशको करिब १५ मिनेटमै पक्राउ परे, ‘बाघे’ । पक्राउपछि ‘बाघे’ लाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ ।

डकैती, लुटपाट, धम्की, अपहरण र धारिलो हतियार प्रहारजस्ता अपराधमा संलग्न ‘बाघे’ लाई प्रहरीले यसअघि तीन पटक पक्राउ गरेको थियो ।

दीपक मनाङेको समूहमा रहेका गुन्डा ‘बाघे’ २०५९ मा होटल उडल्यान्डमा एक व्यक्तिलाई खान बोलाएर हतियार देखाउँदै डकैती गरेको अभियोगमा पहिलो पटक पक्राउ परेका थिए । त्यतिखेर चार वर्ष जेल बसेर छुटेका उनी २०६४ मा होटल हायत रिजेन्सीमा सुनसरीका नगेन्द्र श्रेष्ठलाई खुकुरी हानी घाइते बनाएको अभियोगमा पक्राउ परे ।

त्यतिखेर जिल्ला प्रशासन कार्यालयले २८ हजार धरौटीमा रिहा गरेको थियो । छुटेकै दिन कलंकीस्थित मितेरी यातायातका शंकर गुरागाईंलाई अपहरण गरी कुटपिट गरेका उनलाई प्रहरीले अपहरण तथा शरीर बन्धक अभियोगमा मुद्दा दायर गरेको कान्तिपुरमा खबर छ ।  पुर्पक्षका लागि जेल चलान गरिएका उनी एक वर्षअघि छुटेका हुन् ।

प्रकाशित मिति: February 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |