जुन राँगो हो, जसलाई सात करोड भारुमा किन्न खोज्दा पनि किसानले दिएनन्
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi8e0Sj-kQ-Ystwj4e6uNfkhTzzWbhVd8gAFEgdaWBk_1r-dmRPsaKRyvQTpOi4EtAUG98a-bfKEgnAe1BPzUGRkOxuO_AaRRwEC-K4VkqYwpgCnv184LefF0LWZDFfnK-SOINd07Ieo9c/s1600/rango.jpg)
युवी नाम दिइएको राँगोलाई पाल्नु ती किसानको सोख भएकाले बिक्री नहुने भन्दै उनले बेच्न नमानेको हुन् ।
उक्त राँगोलाई दैनिक ४ किलो स्याउ ख्वाइने गरेको र स्वास्थ्य सही राख्न दैनिक केही किलोमिटर हिंडाउने गरिएको छ । कर्मवीर नाम गरेका किसान जसले राँगो पालिरहेका छन्, उनका अनुसार राँगोले आफ्नो जिन्दगीमा ठूलो महत्त्व राख्छ । मोहालीमा भएको पशु मेलामा उनको राँगोसीका लागि ७ करोडको प्रस्ताव आएको पन्जाब केसरीलाई उदृत गर्दै आजको कान्तिपुरमा खबर छापिएको छ। आफ्नो बच्चा बेच्नका लागि होइन, ती किसान भन्छन् ।
उनले राँगाको वीर्य बेचेर वार्षिक ३५ देखि ४० लाख रुपैयाँ आम्दानी गर्छन् । पशु मेलामा युवी नामक राँगाले धेरै राष्ट्रिय पुरस्कार पनि जितेको छ । किसान चाहन्छन् कि राँगालाई विदेश लाने अनुमति सरकारले देओस् । यसबाट होस्टन नश्लको (गोरु) को वीर्य जसरी विदेशबाट आउँछ, त्यसरी नै यसको पनि नयाँ बिर्य बनाउन सकियोस् ।
प्रकाशित मिति:
February 23, 2014