• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature, photo Gallary, World, विशेष » जुन राँगो हो, जसलाई सात करोड भारुमा किन्न खोज्दा पनि किसानले दिएनन्
जुन राँगो हो, जसलाई सात करोड भारुमा किन्न खोज्दा पनि किसानले दिएनन्

फागुन ११ । भारतमा एउटा राँगोलाई सात करोडसम्म मोलियो भन्दा अचम्म पनि लाग्न सक्छ । तर. यो सत्य हो कि भारतको कुरुक्षेत्रका एक किसानले आफ्नो राँगोलाई ७ करोड भारतीय रुपैयाँमा समेत बेच्न मानेनन् ।

युवी नाम दिइएको राँगोलाई पाल्नु ती किसानको सोख भएकाले बिक्री नहुने भन्दै उनले बेच्न नमानेको हुन् ।

उक्त राँगोलाई दैनिक ४ किलो स्याउ ख्वाइने गरेको र स्वास्थ्य सही राख्न दैनिक केही किलोमिटर हिंडाउने गरिएको छ । कर्मवीर नाम गरेका किसान जसले राँगो पालिरहेका छन्, उनका अनुसार राँगोले आफ्नो जिन्दगीमा ठूलो महत्त्व राख्छ । मोहालीमा भएको पशु मेलामा उनको राँगोसीका लागि ७ करोडको प्रस्ताव आएको पन्जाब केसरीलाई उदृत गर्दै आजको कान्तिपुरमा खबर छापिएको छ। आफ्नो बच्चा बेच्नका लागि होइन, ती किसान भन्छन् ।

उनले राँगाको वीर्य बेचेर वार्षिक ३५ देखि ४० लाख रुपैयाँ आम्दानी गर्छन् । पशु मेलामा युवी नामक राँगाले धेरै राष्ट्रिय पुरस्कार पनि जितेको छ । किसान चाहन्छन् कि राँगालाई विदेश लाने अनुमति सरकारले देओस् । यसबाट होस्टन नश्लको (गोरु) को वीर्य जसरी विदेशबाट आउँछ, त्यसरी नै यसको पनि नयाँ बिर्य बनाउन सकियोस् ।

प्रकाशित मिति: February 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |