• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News, photo Gallary » भारतको नगरपरिषद् चुनाव हारेका चौधरी नेपालको सभासद्
भारतको नगरपरिषद् चुनाव हारेका चौधरी नेपालको सभासद्

फागुन ११ । भारतको नगरपरिषद् चुनाव हारेका एक व्यक्ति नेपालको भने सभाषद् बनेको खुलेको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीले भारतको नगरपरिषदमा पराजित केदारनन्दन चौधरीलाई सभासद् बनाएको हो ।

सन् २००४ मा भारतमा भएको स्थानीय चुनावमा चौधरीले गाजियवाद जिल्लाको खोना मकानपुर नगरपरिषद् चुनावमा उम्मेदवारी दिएका थिए । चुनावमा उनी पराजित भएका थिए । भारतको नगरपरिषद्मा उम्मेदवारी दिएको १० वर्षपछि चौधरी एकैचोटि नेपालको व्यवस्थापिका–संसदमा भित्रिएको खबर नयाँ पत्रिकाले छापेको छ ।

भारतमा रासनकार्डका लागि त्यहाँको बासिन्दा भएको प्रमाण पेस गर्नुपर्छ । यसका लागि स्थानीय निकायले सिफारिस गर्नुपर्ने हुन्छ । दैनिक उपभोग्य सामानहरू सहुलियत मूल्यमा खरिद गर्न प्रयोग हुने रासनकार्ड निकै महत्त्वपूर्ण कागजात हो । यसैका आधारमा मतदाता नामावलीमा नाम राखिनुका साथै भोटरकार्ड वितरण गरिन्छ । भोटरकार्ड भनेको नागरिकताजस्तै हो ।

प्रकाशित मिति: February 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |