भारतको नगरपरिषद् चुनाव हारेका चौधरी नेपालको सभासद्
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiCNi7sPdOQ2wVDqR2khYz-ibhoYgy441aEZOz-wDACgoYv174yhJFADJLzWyfiN5yUMI_ev5p995QaXg6v1tOSL4xsu1MzLhQ_xxfrGhgqff_gTBnD_bO4K5pQ5g-ccoxSoRk-DjuEpp4/s1600/savasad.gif)
तराई मधेस लोकतान्त्रिक पार्टीले भारतको नगरपरिषदमा पराजित केदारनन्दन चौधरीलाई सभासद् बनाएको हो ।
सन् २००४ मा भारतमा भएको स्थानीय चुनावमा चौधरीले गाजियवाद जिल्लाको खोना मकानपुर नगरपरिषद् चुनावमा उम्मेदवारी दिएका थिए । चुनावमा उनी पराजित भएका थिए । भारतको नगरपरिषद्मा उम्मेदवारी दिएको १० वर्षपछि चौधरी एकैचोटि नेपालको व्यवस्थापिका–संसदमा भित्रिएको खबर नयाँ पत्रिकाले छापेको छ ।
भारतमा रासनकार्डका लागि त्यहाँको बासिन्दा भएको प्रमाण पेस गर्नुपर्छ । यसका लागि स्थानीय निकायले सिफारिस गर्नुपर्ने हुन्छ । दैनिक उपभोग्य सामानहरू सहुलियत मूल्यमा खरिद गर्न प्रयोग हुने रासनकार्ड निकै महत्त्वपूर्ण कागजात हो । यसैका आधारमा मतदाता नामावलीमा नाम राखिनुका साथै भोटरकार्ड वितरण गरिन्छ । भोटरकार्ड भनेको नागरिकताजस्तै हो ।
प्रकाशित मिति:
February 23, 2014