लाखौँ मूल्य बराबरको भारतीय डिजे बाजा बरामद

सशस्त्र प्रहरीको बिओपी सम्सीका सशस्त्र प्रहरी निरीक्षक तोरणहरि अधिकारीको कमाण्डमा खटिएका गस्ती टोलीले आज बिहान सम्सीचोकबाट बिआर ०६ जेएस ९९९७ नम्बरको टाटा पिकअपमा लोड गरी राखिएको डिजे सेट बाजा, मिक्चर, साउन्ड सर्भिससहितको सामान बरामद गरेको हो ।
भारतको कन्हमा नाकाबाट भन्सार छली रामगोपालपुरतर्फ लैजान राखिएको अवस्थामा भारतीय नम्बरको गाडीसहित ती सामान बरामद गरिएको हो । बरामद गरिएको बाजा र गाडीको मूल्य रु ११ लाख २५ रहेको छ ।
जिल्लामा डिजे बाजा बजाउन प्रतिबन्ध गरेपछि तस्करले भारतीय बजारबाट लुकीछिपी नेपालतर्फ डिजे बाजा तस्करी गर्न थालेका छन् ।
बरामद गरिएका डिजे बाजा र गाडी आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय भिठ्ठामोडमा बुझाइएको छ । रासस
प्रकाशित मिति:
February 23, 2014