• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » लाखौँ मूल्य बराबरको भारतीय डिजे बाजा बरामद
लाखौँ मूल्य बराबरको भारतीय डिजे बाजा बरामद

गौशाला, ११ फागुन । सशस्त्र प्रहरीले महोत्तरीको सम्सीमा भन्सार छली ल्याइएको लाखौँ  मूल्य बराबरको भारतीय डिजे बरामद गरेको छ ।
सशस्त्र प्रहरीको बिओपी सम्सीका सशस्त्र प्रहरी निरीक्षक तोरणहरि अधिकारीको कमाण्डमा खटिएका गस्ती टोलीले आज बिहान सम्सीचोकबाट बिआर ०६ जेएस ९९९७ नम्बरको टाटा पिकअपमा लोड गरी राखिएको डिजे सेट बाजा, मिक्चर, साउन्ड सर्भिससहितको सामान बरामद गरेको हो ।
भारतको कन्हमा नाकाबाट भन्सार छली रामगोपालपुरतर्फ लैजान राखिएको अवस्थामा भारतीय नम्बरको गाडीसहित ती सामान बरामद गरिएको हो । बरामद गरिएको बाजा र गाडीको मूल्य रु ११ लाख २५ रहेको छ ।

जिल्लामा डिजे बाजा बजाउन प्रतिबन्ध गरेपछि तस्करले भारतीय बजारबाट लुकीछिपी नेपालतर्फ डिजे बाजा तस्करी गर्न थालेका छन् ।
बरामद गरिएका डिजे बाजा र गाडी आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय भिठ्ठामोडमा बुझाइएको छ । रासस

प्रकाशित मिति: February 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |