गुण्डा नाइकेहरुको भागाभाग, केही चर्चितहरु समेत ज्यान जोगाउन इन्डिया भासिए

भागाभागको क्रममा केही चर्चित गुण्डा नाइकेहरु भने भागेर दक्षिणी छिमेकी मुलुक भारतसम्म पुगेको स्रोतले जनाएको छ ।
एसएसपी खरेलको नेतृत्वमा सञ्चालित अभियान सुरुभए सँगै ४८ गुण्डा नाइके पक्राउ परेसँगै अन्य गुण्डा नाइकेहरुको भने भागाभाग चलेको हो । यसरी भागेर अहिले भूमिगत भएकाहरुमा दीपक मनाङगे, गणेश लामा, रमेश बाहुन, दिनेश अधिकारी ‘चरी’, कुमार घैंटे, माइला लामालगायत छन् ।
उनीहरु केही भारतमा पुगेको र अन्य भने सुरक्षाका लागि पोखरा, चितवन र धरान लगायत ठाउँमा पुगेको प्रहरी स्रोतको दाबी छ ।
प्रधानमन्त्री कार्यालयबाट पक्राउ परेका गुण्डा नाइकेलाई छुटाउन फोन गएपनि त्यसलाई समेत वेवास्ता गर्दै खरेलले अभियान तिब्र पारेपछि गुण्डा नाइकेहरु समस्यामा परेका हुन् ।
उनीहरुले अहिले गृह मन्त्रालय कसले लिन्छ र उसलाई मनाएर मात्रै सार्वजनिक हुने भन्ने सोचमा पुगेका छन् । यता, भित्रभित्रै खरेललाई काठमाडौंबाट अन्त्यै सार्न पनि दबाब आउने गरेको बताइएको छ ।
प्रहरी संगठन भित्रै पनि खरेल झनै चर्चित बन्दा उनी भन्दा सिनियरको व्यक्तित्व लो हुने भन्दै यस्तो षड्यन्त्र हुन थालेको स्रोत दाबी गर्छ । निडर र स्वच्छ छवि तथा पारदर्शिताका कारण समुदायमा निक्कै चर्चित बन्दै आएका छन् ।
प्रकाशित मिति:
February 23, 2014