• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » गुण्डा नाइकेहरुको भागाभाग, केही चर्चितहरु समेत ज्यान जोगाउन इन्डिया भासिए
गुण्डा नाइकेहरुको भागाभाग, केही चर्चितहरु समेत ज्यान जोगाउन इन्डिया भासिए

फागुन ११ । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रमेश खरेल आएसँगै काठमाडौं प्रहरीले ‘गुण्डागर्दी नियन्त्रण अभियान’ चलाएपछि गुण्डागर्दी गर्दै आएका गुण्डा नाइकेहरुको भने भागाभाग भएको छ ।

भागाभागको क्रममा केही चर्चित गुण्डा नाइकेहरु भने भागेर दक्षिणी छिमेकी मुलुक भारतसम्म पुगेको स्रोतले जनाएको छ ।

एसएसपी खरेलको नेतृत्वमा सञ्चालित अभियान सुरुभए सँगै ४८ गुण्डा नाइके पक्राउ परेसँगै अन्य गुण्डा नाइकेहरुको भने भागाभाग चलेको हो । यसरी भागेर अहिले भूमिगत भएकाहरुमा दीपक मनाङगे, गणेश लामा, रमेश बाहुन, दिनेश अधिकारी ‘चरी’, कुमार घैंटे, माइला लामालगायत छन् ।

उनीहरु केही भारतमा पुगेको र अन्य भने सुरक्षाका लागि पोखरा, चितवन र धरान लगायत ठाउँमा पुगेको प्रहरी स्रोतको दाबी छ ।

प्रधानमन्त्री कार्यालयबाट पक्राउ परेका गुण्डा नाइकेलाई छुटाउन फोन गएपनि त्यसलाई समेत वेवास्ता गर्दै खरेलले अभियान तिब्र पारेपछि गुण्डा नाइकेहरु समस्यामा परेका हुन् ।

उनीहरुले अहिले गृह मन्त्रालय कसले लिन्छ र उसलाई मनाएर मात्रै सार्वजनिक हुने भन्ने सोचमा पुगेका छन् । यता, भित्रभित्रै खरेललाई काठमाडौंबाट अन्त्यै सार्न पनि दबाब आउने गरेको बताइएको छ ।

प्रहरी संगठन भित्रै पनि खरेल झनै चर्चित बन्दा उनी भन्दा सिनियरको व्यक्तित्व लो हुने भन्दै यस्तो षड्यन्त्र हुन थालेको स्रोत दाबी गर्छ । निडर र स्वच्छ छवि तथा पारदर्शिताका कारण समुदायमा निक्कै चर्चित बन्दै आएका छन् ।

प्रकाशित मिति: February 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |