• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » पक्राउ परेको कार्यकर्ता तत्काल रिहाई गर्न माओवादीको माग
पक्राउ परेको कार्यकर्ता तत्काल रिहाई गर्न माओवादीको माग


काठमाडौँ, ११ फागुन । नेकपा–माओवादीले सरकारले युद्धकालिन मुद्धाहरु ब्युताएको भन्दै आपत्ती जनाएको छ ।


आफ्ना राज्य समिति सदस्य सत्यनारायण महतोलाई युद्धकालीन मुद्दाहरू ब्युँताएर प्रहरीले महोत्तरीमा पक्राउ गरेको भन्दै माओवादीले स–सम्मान शीघ्र रिहाईको माग समेत गरेको छ ।

माओवादी प्रवक्ता पम्फा भुसालले आइतबार एक विज्ञप्ति जारी गर्दै बृहत् शान्ति सम्झौता विपरीत युद्धकालीन मुद्दाहरू नचलाउने र सत्य निरूपण तथा मेलमिलाप आयोग बनाउने नीति विपरीत वर्तमान सरकारले महतोलाई शनिबार गिरफ्तार गरी महोत्तरी प्रहरी कार्यालयमा राखेको जनाएकी छिन् । उनलाई तत्काल रिहाई गर्न माग गर्दै उनले देशलाई पुनः द्धन्द्धमा लैजाने प्रयास गरेको आरोप समेत लगाएकी छिन् ।

हाम्रो पार्टी यस घटनाको भत्र्सना एवं निन्दा गर्दै उहाँको स–सम्मान शिघ्र रिहाईको माग गर्दछ’ विज्ञप्तिमा भनिएको र्छ यस प्रकारका घटनाले सरकारले विस्तृत शान्ति सम्झौता भङ्ग गरी नेपालमा पुनः द्धन्द्धमा लैजान खोजेको स्पष्ट हुनेछ ।’

माओवादीले यस प्रकारका घटना नदोहो¥याउन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: February 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |