• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic » २०६५ कात्तिक २१ गतेकै स्थितीमा रोकियो नेप्से
२०६५ कात्तिक २१ गतेकै स्थितीमा रोकियो नेप्से

फागुन ११ । सरकारले पूर्णता पाउने संकेतसँगै हौसिएको नेपाल स्टक एक्चेन्ज (नेप्से) २०६५ कात्तिक २१ गतेकै स्थितीमा देखिएको छ । आइतबार अघिल्लो कारोबार दिनभन्दा ९.१९ अंकले वृद्धि भएर नेप्से  ८३१.८६ बिन्दुमा रोकिएको छ । २०६५ कात्तिक २१ मा नेप्से ८३२ मा रहेको थियो ।  

आइतबार बजार खुलेसँगै बढ्दो गतिमा देखिएको नेप्से परिसूचक दिनभर ८३८ को प्रतिरोधमा देखिएको थियो । तर परिसूचक त्यसपछि घट्दै आएर ८३१.८६ बिन्दुमा आइपुगेको हो ।

यो दिन १२५ कम्पनीको ९ लाख ७६ हजार कित्ता सेयर ४२ करोड ३१ लाख रुपैयाँमा किनबेच भएको छ ।

यो  दि न बैंकिङ समूहको पनि बढेको छ । केही दिन अगाडीदेखि इन्स्युरेन्स तिब्र गतिमा बढे पनि बैंकिङ समूह स्थिर जस्तै बनेकोमा आइतबार यो समूहले पनि डोहोर्याएको पाइयो ।

प्रधानमन्त्री सुशिल कोइरालाले गृहमन्त्रालय एमालेलाई दिएरै भएपनि सरकार विस्तार गर्ने तयारी गरेकाले नेप्से अझै उकालो लाग्ने धेरैले अनुमान गरेका छन् ।

प्रकाशित मिति: February 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |