गृह विवादपछि पछि हटेको एमाले सरकार जाने औपचारिक निर्णय
फागुन ११ । गृह मन्त्रालयको विवादपछि सरकारमा समेत नजाने बताउँदै आएको एमाले सरकारमा सहभागी हुने भएको छ ।
नेपाली कांग्रेस गृहमन्त्रालय दिन सहमत भएपछि नेकपा एमाले केन्द्रीय समितिले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
यसअघि गृह मन्त्रालय दिने सहमतिबाट कांग्रेसपछि हटेको भन्दै एमाले स्थायी कमिटीले सहमति कार्यान्वयन नभएसम्म सरकारमा नजाने निर्णय गरेको थियो ।
उपप्रधान तथ गृहमा बामदेव
एमालेले पार्टी उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा पठाउने भएको छ ।
अन्य मन्त्रालयको टुंगो लागिसकेको छैन भने अरु कसलाई पठाउने भन्ने विषय पनि टुंगो लागेको छैन । तर एमाले सचिव विष्णु पौडेललाई भने सञ्चार मन्त्रालयमा पठाइने चर्चा चलेको छ ।

प्रकाशित मिति:
February 23, 2014