• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » गृह विवादपछि पछि हटेको एमाले सरकार जाने औपचारिक निर्णय
गृह विवादपछि पछि हटेको एमाले सरकार जाने औपचारिक निर्णय

फागुन ११ । गृह मन्त्रालयको विवादपछि सरकारमा समेत नजाने बताउँदै आएको एमाले सरकारमा सहभागी हुने भएको छ ।

नेपाली कांग्रेस गृहमन्त्रालय दिन सहमत भएपछि नेकपा एमाले केन्द्रीय समितिले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

यसअघि गृह मन्त्रालय दिने सहमतिबाट कांग्रेसपछि हटेको भन्दै एमाले स्थायी कमिटीले सहमति कार्यान्वयन नभएसम्म सरकारमा नजाने निर्णय गरेको थियो ।

उपप्रधान तथ गृहमा बामदेव

एमालेले पार्टी उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा पठाउने भएको छ ।
अन्य मन्त्रालयको टुंगो लागिसकेको छैन भने अरु कसलाई पठाउने भन्ने विषय पनि टुंगो लागेको छैन । तर एमाले सचिव विष्णु पौडेललाई भने सञ्चार मन्त्रालयमा पठाइने चर्चा चलेको छ । 

प्रकाशित मिति: February 23, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |