• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Prawas » विमान अपहरणमा आरोपी नेपाली नागरिकले पाए सफाई
विमान अपहरणमा आरोपी नेपाली नागरिकले पाए सफाई

फागुन १४ । विमान अपहरणको आरोप खेपिरहेका एक नेपालीलाई भारतको पन्जाब र हरियाणा उच्च अदालतले सफाई दिएको छ ।

कान्दाहार विमान अपहरण घटनामा हत्या र अपहरण षड्यन्त्र अभियोगमा मुद्दा चलाइएका नेपाली नागरिक युसुफ नेपालीसँगै भारतीय नागरिक दिलीपकुमार भुजेललाई उच्च अदालतले सफाइ दिएको हो ।  यसअघि पटियाला विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।

पन्जाब तथा हरियाणा उच्च अदालतका न्यायाधीशद्वय हेमन्त गुप्ता र फतेहदीप सिंहको संयुक्त इजलासले उनीहरूलाई सफाइ दिए पनि हतियार ऐन, १९५९ अनुसारको मुद्दामा भने उनीहरूलाई दोषी ठहर गरिएको नयाँ पत्रिकामा खबर छ ।

हत्या र विमान अपहरणको सोही मुद्दामा अदालतले उनीहरूसँगै मुद्दा चलाइएका अब्दुल लतिफ अदाम मोमिमलाई भने दोषी ठहर गरेको छ । उनलाई आजीवन काराबासको सजाय सुनाइएको भारतको हिन्दुस्तान टाइम्स अनलाइनले जनाएको छ । मोमिनले भारतको सार्वभौमसत्ता तथा राष्ट्रिय निष्ठामा प्रहार गरेको अदालतको ठहर छ । भारतीय गुप्तचर विभाग सिबिआईले भने मृत्युदण्डको सजाय माग गरेको थियो ।

पटियाला विशेष अदालतले ५ फ्रेबु्रअरी २००८ मा नेपाली र भुजेललाई हत्या, हत्याको प्रयास, अपहरण, जालसाजीलगायत अभियोगमा दोषी ठहर गरेको थियो । गत भदौ–असोजमा उच्च अदालतले १८ दिन लामो दुवै पक्षको बहस सुनेको थियो। मोमिनसहित नेपाली र भुजेलले उच्च अदालतमा दिएको निवेदन खारेज गर्न र मोमिनलाई जन्मकैदको साटो मृत्युदण्ड दिन माग गर्दै सिबिआईले मुद्दा दायर गरेको थियो ।

सिबिआईले सन् २००८ मा मोमिनलाई जन्मकैदको साटो मृत्युदण्ड दिन माग गर्दै रिट दायर गरेको थियो । त्यस्तै भुजेल र नेपालीले पटियाला अदालतले सन् २००८ मा सुनाएको आजीवन काराबास सजायको विरुद्धमा रिट दायर गरेका थिए । भुजेल र नेपालीले १४ वर्ष सजाय काटिसकेका छन् । तर, समाचारमा हतियार ऐनअन्तर्गत दोषी पाइएका भुजेल र नेपालीलाई के सजाय दिइएको छ भन्नेबारे भने केही उल्लेख गरिएको छैन ।

प्रकाशित मिति: February 26, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |