विमान अपहरणमा आरोपी नेपाली नागरिकले पाए सफाई
फागुन १४ । विमान अपहरणको आरोप खेपिरहेका एक नेपालीलाई भारतको पन्जाब र हरियाणा उच्च अदालतले सफाई दिएको छ ।
कान्दाहार विमान अपहरण घटनामा हत्या र अपहरण षड्यन्त्र अभियोगमा मुद्दा चलाइएका नेपाली नागरिक युसुफ नेपालीसँगै भारतीय नागरिक दिलीपकुमार भुजेललाई उच्च अदालतले सफाइ दिएको हो । यसअघि पटियाला विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।
पन्जाब तथा हरियाणा उच्च अदालतका न्यायाधीशद्वय हेमन्त गुप्ता र फतेहदीप सिंहको संयुक्त इजलासले उनीहरूलाई सफाइ दिए पनि हतियार ऐन, १९५९ अनुसारको मुद्दामा भने उनीहरूलाई दोषी ठहर गरिएको नयाँ पत्रिकामा खबर छ ।
हत्या र विमान अपहरणको सोही मुद्दामा अदालतले उनीहरूसँगै मुद्दा चलाइएका अब्दुल लतिफ अदाम मोमिमलाई भने दोषी ठहर गरेको छ । उनलाई आजीवन काराबासको सजाय सुनाइएको भारतको हिन्दुस्तान टाइम्स अनलाइनले जनाएको छ । मोमिनले भारतको सार्वभौमसत्ता तथा राष्ट्रिय निष्ठामा प्रहार गरेको अदालतको ठहर छ । भारतीय गुप्तचर विभाग सिबिआईले भने मृत्युदण्डको सजाय माग गरेको थियो ।
पटियाला विशेष अदालतले ५ फ्रेबु्रअरी २००८ मा नेपाली र भुजेललाई हत्या, हत्याको प्रयास, अपहरण, जालसाजीलगायत अभियोगमा दोषी ठहर गरेको थियो । गत भदौ–असोजमा उच्च अदालतले १८ दिन लामो दुवै पक्षको बहस सुनेको थियो। मोमिनसहित नेपाली र भुजेलले उच्च अदालतमा दिएको निवेदन खारेज गर्न र मोमिनलाई जन्मकैदको साटो मृत्युदण्ड दिन माग गर्दै सिबिआईले मुद्दा दायर गरेको थियो ।
सिबिआईले सन् २००८ मा मोमिनलाई जन्मकैदको साटो मृत्युदण्ड दिन माग गर्दै रिट दायर गरेको थियो । त्यस्तै भुजेल र नेपालीले पटियाला अदालतले सन् २००८ मा सुनाएको आजीवन काराबास सजायको विरुद्धमा रिट दायर गरेका थिए । भुजेल र नेपालीले १४ वर्ष सजाय काटिसकेका छन् । तर, समाचारमा हतियार ऐनअन्तर्गत दोषी पाइएका भुजेल र नेपालीलाई के सजाय दिइएको छ भन्नेबारे भने केही उल्लेख गरिएको छैन ।

प्रकाशित मिति:
February 26, 2014