• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, photo Gallary » ग्लोबल आईएमई र कमर्जको चैत्रबाट एकीकृत कारोबार
ग्लोबल आईएमई र कमर्जको चैत्रबाट एकीकृत कारोबार

फागुन १४ । ग्लोबल आईएमई बैंक  र कमर्ज एन्ड ट्रस्ट बैंक नेपाल चैत दोस्रो साताबाट एकीकृनत कारोबार हुने भएको छ ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कमर्ज एन्ड ट्रस्ट बैंक नेपालका अध्यक्ष शोभाकर न्यौपानेबीच मंगलबार चैत दोस्रो साता गाभिने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

गाभिएपछि ग्लोबल आईएमई बैंकको नामबाट कारोबार हुनेछ भने बैंकको अध्यक्ष ढकाल नै हुनेछन् । एकीकृत कारोबार थालनीको अन्तिम निर्णय भने भईसकेको छैन । जसको निर्णय गर्न दुवै बैकले विशेष साधारणसभा बोलाईसकेका छन् ।

गाभिएसँगै कुल निक्षेप ४८ अर्ब र कर्जा लगानी ४० अर्ब रुपैयाँ पुग्नेछ। यसैगरी ब्यांकले ८७ वटा शाखा कार्यलय, २० वटा शाखारहित ब्यांकिङ सेवा र ८१ वटा एटीएममार्फत सर्वसाधारणमाझ सेवा पुर्‍याउनेछ। मर्जरपछि ग्राहक संख्या पाँच लाख पुग्नेछ। ग्लोबलले २१ फागुनमा विशेष साधारणसभा र कमर्जले १९ फागुनमा तेस्रो साधारणसभा बोलाएका छन्।

ग्लोबलको चुक्तापुँजी प्रतिसेयर एक सय रुपैयाँ र कमर्जको ६५ रुपैयाँ कायम हुनेछ। मर्जरपछि ग्लोबल आईएमईको चुक्तापुँजी चार अर्ब आठ करोड रुपैयाँ हुनेछ।

गत पुसमा ग्लोबल आईएमईको साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरिसकेको छ। यसले यसको चुक्तापुँजी दुई अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। नयाँ सेयर संरचनाले दुई अर्ब चुक्तापुँजी रहेको कमर्जको एक अर्ब ३० करोडमा झर्नेछ। तर, मर्जपछिको ग्लोबल आईएमई बैंक निजी क्षेत्रको दोस्रो ठूलो चुक्तापुँजी भएको बैंक बन्नेछ । नेपाल इन्भेस्टमेन्ट बैंक चार अर्ब १४ करोड रुपैयाँ चुक्तापुँजीसहित निजी क्षेत्रको पहिलो ठूलो बैंक हो।

प्रकाशित मिति: February 26, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |