लिग च्याम्पियन बन्न मनाङ सफल, ७५ लाख नगद पुरस्कार सुरक्षित
फागुन १३ । सबैभन्दा महंगो राशीको सहिद स्मारक रेडबुल ए डिभिजन लिगको उपाधिमाथि मनाङ मस्र्याङ्दीले कब्जा जमाएको छ ।
लिग च्याम्पियन मनाङले जितसँगै रु. ७५ लाख नगद पुरस्कार समेत सुरक्षित गर्ने छ । राजधानीस्थित दशरथ रंगशालामा १३ फागुनमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेपछि एक खेल खेल्न बाँकी छँदै मनाङ यस वर्षको लिग च्याम्पियन बनेको हो ।
मनाङले ३५ अंक जोडेको छ । मनाङलाई अंक तालिकामा पछ्याएको एनएमबी ब्याङ्क मछिन्द्रको ३१ अंक छ । मछिन्द्र र मनाङ दुबैले एक/एक खेल खेल्न बाँकी छ ।
तेस्रो स्थानमा रहेको लक्ष्मी ब्याङक थ्रीस्टारको २९ अंक छ भने पुलिसको २६ अंक छ ।

प्रकाशित मिति:
February 25, 2014