फुटबल हेर्दाहेर्द डन दीपक मनाङ्गे पक्राउ
फागुन १३ । मनाङ मर्स्याङ्गदी र पुलिस क्लबबीचको फुटबल खेल हेर्न राजधानीको दशरथ रंगशाला पुगेका चर्चित डन दीपक दीपक मनाङ्गे पक्राउ परेका छन् ।
रंगशालाबाट पक्राउ परेका उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ ।
कुटपिट, सर्वसाधरणलाई आतंकित बनाएको, अवैध कृयाकलापमा संलग्न भएको तथा जवरजस्ती रकम असुलेको लगायतका विषयमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । मनांगे यसअघि पनि विभिन्न घटनामा पक्राउ पर्दै छुट्दै आएका थिए ।
रमेश खरेल काठमाडौं प्रहरी प्रमुख भएर आएयता प्रहरीले गुण्डागर्दी नियन्त्रण गर्न विशेष अभियान चलाएसँगै सांगठनिक अपराधमा संलग्न दर्जनौ गुण्डा तथा तिनका नाइकेहरु पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति:
February 25, 2014