• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » सपथ खुवाउँदा २ पटक झुक्किए प्रधानमन्त्री, उनी झुक्किदा राष्ट्रपति पनि मुस्कुराए
सपथ खुवाउँदा २ पटक झुक्किए प्रधानमन्त्री, उनी झुक्किदा राष्ट्रपति पनि मुस्कुराए

काठमाडौं, फागुन

। प्रधानमन्त्री चयन भएको दुई सातापछि प्रधानमन्त्री सुशिल कोइरालाले बल्लतल्ल मंगलबार मन्त्रीपरिषद विस्तार गर्न सफल भएका छन् ।

गृह विवादमा २ हप्तासम्म रतौली चलेपछि अन्त्यमा गृह एमालेलाई नै दिएर १०-१० मन्त्रालयको भागबन्डापछि १८ जना मन्त्रीहरुले बुधबार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।

सपथ खुवाउने क्रममा प्रधानमन्त्री कोइराला भने दुई पटक झुक्किएका थिए । शीतल निवासमा राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंहलाई सपथ खुवाउने क्रममा कोइराला देश र जनताका नाममा भन्नु पर्ने ठाउँमा नेपाली राजनीतिको भनेका थिए । त्यसपछि सबै जना गलल हाँसेपछि कोइरालाले सच्याएका थिए । त्यसरी हाँस्नेमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, सपथ लिँदै गरेका उपप्रधानमन्त्री लगायत थिए ।

कोइराला फेरि अन्य १६ जना मन्त्रीलाई सपथ दिलाउने क्रममा समेत अलमलिन पुगेका थिए । सबैलाई ठाउँ नपुगेपछि माइक मिलाउँदै गर्दा प्रधानमन्त्री कोइरालाले भने सपथ भाषण आफ्नै तालमा सुरु गरी नै हाले । तयारी नहुँदै सपथ सुरु गर्दा फेरि त्यहाँ हाँसो छुट्यो । कोइराला त्यतिबेला अलमलमा परे । 

त्यसपछि एकछिन रोकिएसँगै माइक मिल्यो । अनि भने प्रधानमन्त्री कोइरालाले सपथ सुरु गरे । Photo: Imagekhabar

प्रकाशित मिति: February 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |