नवनियुक्त १८ मन्त्रीद्धारा पद तथा गोपनीयताको सपथ
अपडेट:
फागुन १३ । नवनियुक्त १८ जना मन्त्रीले मंगलबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।
कांग्रेस र एमालेबाट मन्त्री चयन १८ जना मन्त्रीहरुलाई राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री सुशील कोइरालाले पद तथा गोपनीयताको सपथ गराए ।
कांग्रेसबाट मन्त्री भएका ८ जना र एमालेबाट मन्त्री भएका १० जनालार्इ सपथ गराइएको हो । कांग्रेसबाट रामशरण महतले यसअघि नै विनाविभागीय मन्त्रीका रूपमा सपथ लिइसकेका छन् । रक्षा मन्त्री प्रधानमन्त्री सुशील कोइरालाले नै राखेका छन् ।
श्रम तथा वैदेशिक रोजगार राज्य मन्त्री बनेका टेकबहादुर गुरूङको सपथ भने राष्ट्रिय योजना आयोगको हल सिंहदरबारमा सपथ लिनेछन् । राप्रपा र नेकपा मालेसहितका साना दलले मन्त्रीको टुंगो नलगाएकाले एमाले र कांग्रेसबाट गएका मन्त्रीहरूलार्इ मात्रै सपथ गराइएको हो ।
नेपाली कांग्रेसबाट
- प्रकाशमान सिंह - उपप्रधान तथा स्थानीय विकास
- विमलेन्द्र निधि - आवास तथा भौतिक योजना
- रामशरण महत - अर्थ
- महेश आचार्य - वन तथा भूसंरक्षण
- नरहरी आचार्य - कानुन, न्याय तथा संसदीय मामिला
- नारायण खड्का -शहरी विकास
- मिनेन्द्र रिजाल - सञ्चार
- एनपी सावद - सिँचाई
- चित्रलेखा यादव - शिक्षा
- टेकबहादुर गुरुङ - श्रम
- वामदेव गौतम- उपप्रधान तथा गृह
- महेन्द्र पाण्डे - परराष्ट्र,
- राधा ज्ञवाली - उर्जा,
- कर्ण थापा - उद्योग
- लालबाबु पण्डित- सामान्य प्रशासन
- खगराज अधिकारी - स्वास्थ्य
- दलबहादुर राना - भूमिसुधार
- हरि पराजुली - कृषि
- भीम आचार्य - पर्यटन
- पुरुषोत्तम पौडेल - युवा तथा खेलकुद
- राप्रपा र मालेबाट अझै टुंगो भएको छैन।
प्रकाशित मिति:
February 25, 2014