• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » नवनियुक्त १८ मन्त्रीद्धारा पद तथा गोपनीयताको सपथ
नवनियुक्त १८ मन्त्रीद्धारा पद तथा गोपनीयताको सपथ


अपडेट:
फागुन १३  । नवनियुक्त १८ जना मन्त्रीले मंगलबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

कांग्रेस र एमालेबाट मन्त्री चयन १८ जना मन्त्रीहरुलाई राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री सुशील कोइरालाले पद तथा गोपनीयताको सपथ गराए ।

कांग्रेसबाट मन्त्री भएका ८ जना र एमालेबाट मन्त्री भएका १० जनालार्इ सपथ गराइएको हो । कांग्रेसबाट रामशरण महतले यसअघि नै विनाविभागीय मन्त्रीका रूपमा सपथ लिइसकेका छन् । रक्षा मन्त्री प्रधानमन्त्री सुशील कोइरालाले नै राखेका छन् ।

श्रम तथा वैदेशिक रोजगार राज्य मन्त्री बनेका टेकबहादुर गुरूङको सपथ भने राष्ट्रिय योजना आयोगको हल सिंहदरबारमा सपथ लिनेछन् । राप्रपा र नेकपा मालेसहितका साना दलले मन्त्रीको टुंगो नलगाएकाले एमाले र कांग्रेसबाट गएका मन्त्रीहरूलार्इ मात्रै सपथ गराइएको हो ।
                                           
                                       
नेपाली कांग्रेसबाट
  • प्रकाशमान सिंह - उपप्रधान तथा स्थानीय विकास
  • विमलेन्द्र निधि - आवास तथा भौतिक योजना
  • रामशरण महत - अर्थ
  • महेश आचार्य - वन तथा भूसंरक्षण
  • नरहरी आचार्य - कानुन, न्याय तथा संसदीय मामिला
  • नारायण खड्का -शहरी विकास
  • मिनेन्द्र रिजाल - सञ्चार 
  • एनपी सावद - सिँचाई
  • चित्रलेखा यादव - शिक्षा
  • टेकबहादुर गुरुङ - श्रम
एमालेबाट
  • वामदेव गौतम- उपप्रधान तथा गृह
  • महेन्द्र पाण्डे - परराष्ट्र,
  • राधा ज्ञवाली - उर्जा,
  • कर्ण थापा - उद्योग
  • लालबाबु पण्डित- सामान्य प्रशासन
  • खगराज अधिकारी - स्वास्थ्य
  • दलबहादुर राना - भूमिसुधार
  • हरि पराजुली - कृषि
  • भीम आचार्य - पर्यटन
  • पुरुषोत्तम पौडेल - युवा तथा खेलकुद
  • राप्रपा र मालेबाट अझै टुंगो भएको छैन।

प्रकाशित मिति: February 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |