• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » कांग्रेस एमालेले एकलौटी निर्णय लादे संविधान बन्दैन : एमाओवादी
कांग्रेस एमालेले एकलौटी निर्णय लादे संविधान बन्दैन : एमाओवादी

काठमाडौं, २७ माघ । संविधानसभाको तेस्रो ठूलो दल नेकपा एमाओवादीले नेपाली कांग्रेस र नेकपा एमालेबिचको एकताले मात्रै संविधान निर्माण कार्य सफल हुन नसक्ने बताएको छ ।

एमाओवादीले सरकार निर्माणको पूर्वार्धमा कांग्रेस र एमालेबिच भएको सात बुदे सहमतिलाई असंवैधानिकताको संज्ञा समेत दिएको छ ।

एमाओवादीले सरकारमा नजाने तर संविधानसभाको अध्यक्ष लगायत संवैधानिक पदमा आफ्नो दाबी गरिरहेको बेला कांग्रेस एमालेले सभा अध्यक्ष समेत आफूलाई नै राख्ने सहमति गरेपछि एमाओवादी रुष्ट बनेको हो । कांग्रेस र एमालेबिचको सात बुदे सहमतिको सातौं बु“दामा सभाध्यक्ष एमालेलाई दिने भन्ने उल्लेख छ ।

व्यवस्थापिका संसदमा सोमबार भएको प्रधानमन्त्री चयन प्रक्रियापछि बाहिरिने क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार गठनका विषयमा दुई दलबीचको सहमति असंवैधानिक भएको टिप्पणी गरे ।
सञ्चारकर्मीहरुस“ग अध्यक्ष दाहालले कोइराला नेतृत्वको सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने र बाटो बिराउन खोजे आलोचना गर्ने बताएका छन् ।

निर्वाचनमा कोइरालाको विपक्षीमा मतदान गरेका अध्यक्ष दाहालको संविधान निर्माणमा भने कांग्रेस एमालेस“ग सहकार्य गरेर अघि बढ्ने भनाई छ । जनतालाई नया संविधान दिनुपर्छ’ दाहालले भने, नवनिर्वाचित प्रधानमन्त्री सुशिलजीले पनि एक वर्षभित्र संविधान बनाउने प्रतिबद्धता जनाउनु भएको छ, सबैले मद्धत पनि गरौं, एक वर्षमा नया“ संविधान बन्नेछ ।’

एमाओवादीका अर्का बनेता लिलामणी पोखरेलले संविधान निर्माणका क्रममा पार्टी सक्रिय भएर लाग्ने बताए । तर, कांग्रेस र एमाले दुई दलले एकलौटी रुपमा निर्णय गर्दै जाने हो भने संविधान नै बन्न नसक्ने चेतावनी समेत उनले दिए । दुई वटा पोलिटिकल पार्टीबिच सहमति हुनुहुन्न भन्ने होइन’, नेता पोखरेलले भने, तर संविधानसभाको सार्वभौमतामाथि हस्तक्षेप हुनेगरी केही कुरा लादिन्छ भने संविधान बन्ने ग्यारेन्टी हुन्न ।’

प्रकाशित मिति: February 10, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |