• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Health, Main News, स्वास्थ्य » टिचिङका चिकित्सकद्धारा राजीनामाको तयारी, स्वास्थ्य सेवा ठप्प हुने
टिचिङका चिकित्सकद्धारा राजीनामाको तयारी, स्वास्थ्य सेवा ठप्प हुने

काठमाडौं, २७ माघ
त्रिवि शिक्षण अस्पताल (टिचिङ) का चिकित्सकहरुले मंगलबारदेखि लागु हुने गरि सामुहिक राजिनामा दिने भएका छन् । जसका कारण सोही दिनदेखि अस्पतालको स्वास्थ्य सेवा ठप्प हुने भएको छ ।

प्रतिवद्धता जनाएअनुसार सरकारले आफ्ना माग पुरा नगरेको भन्दै शनिबारदेखि पुनः आमरण अनसनमा बसेका प्रा. डा. केसीको माग प्रति ऐक्वद्धता जनाउँदै चिकित्सकहरुले सोमबार सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् ।

सामुहिक बैठकले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी, विभागीय प्रमुख, शिकित्सक शिक्षकहरुले मंगलबारदेखि लागू हुने गरी राजीनामा दिने निर्णय गरेको हो । इर्मजेन्सीमा आउने र हाल भर्ना भइसकेका विरामीहरुको डिर्चाज नभएसम्म उपचार भने जारी राख्ने उनीहरुको निर्णय छ । सेभ आइओएम वर्किङ कमिटीले गरेको निर्णयमा स्वतन्त्र विद्यार्र्थी युनियन, फ्याकल्टी मेम्बर डाक्टर एशोसियन, चिकित्सक संघ र त्रिवि प्राध्यनपक संघका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

१४ दिन लामो आमरण अनशन तोड्ने क्रममा भएको सहमति कार्यान्वयन नभएको भन्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. केसी शनिबारदेखि फेरि आमरण अनशनमा बसेका छन् ।

प्रकाशित मिति: February 10, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |