टिचिङका चिकित्सकद्धारा राजीनामाको तयारी, स्वास्थ्य सेवा ठप्प हुने

त्रिवि शिक्षण अस्पताल (टिचिङ) का चिकित्सकहरुले मंगलबारदेखि लागु हुने गरि सामुहिक राजिनामा दिने भएका छन् । जसका कारण सोही दिनदेखि अस्पतालको स्वास्थ्य सेवा ठप्प हुने भएको छ ।
प्रतिवद्धता जनाएअनुसार सरकारले आफ्ना माग पुरा नगरेको भन्दै शनिबारदेखि पुनः आमरण अनसनमा बसेका प्रा. डा. केसीको माग प्रति ऐक्वद्धता जनाउँदै चिकित्सकहरुले सोमबार सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् ।
सामुहिक बैठकले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी, विभागीय प्रमुख, शिकित्सक शिक्षकहरुले मंगलबारदेखि लागू हुने गरी राजीनामा दिने निर्णय गरेको हो । इर्मजेन्सीमा आउने र हाल भर्ना भइसकेका विरामीहरुको डिर्चाज नभएसम्म उपचार भने जारी राख्ने उनीहरुको निर्णय छ । सेभ आइओएम वर्किङ कमिटीले गरेको निर्णयमा स्वतन्त्र विद्यार्र्थी युनियन, फ्याकल्टी मेम्बर डाक्टर एशोसियन, चिकित्सक संघ र त्रिवि प्राध्यनपक संघका अध्यक्षले हस्ताक्षर गरेका छन् ।
१४ दिन लामो आमरण अनशन तोड्ने क्रममा भएको सहमति कार्यान्वयन नभएको भन्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. केसी शनिबारदेखि फेरि आमरण अनशनमा बसेका छन् ।
प्रकाशित मिति:
February 10, 2014