युवतीसहित नेपालमा समातिएका तीन न्यायाधीश पदबाट बर्खास्त
माघ २७ । यौन मामिलाका विषयमा भारतको पटना उच्च अदालतले विहारका तीन जना न्यायाधीशलाई पदबाट बर्खास्त गरेको छ । ती न्यायाधीशलाई होटलमा युवतीसँग पक्राउ गरिए पनि न्यायाधिश भएको थाहा हुन आएपछि नेपाल प्रहरीले सुटुक्कै पारी जान दिइएको थियो ।
भारतीय पत्रिका हिन्दुस्तान दैनिकको सोमबारको भागलपुर संस्करणले जनाएअनुसार अररिया डिष्ट्रिक्ट कोर्टका न्यायाधीशहरू जेएन सिंह, रामनरेश सिंह र केवल रामलाई पदीय मर्यादा विपरीतका क्रियाकलापमा संलग्न रहेको पुष्टि भएकाले शनिवार बर्खास्त गरिएको हो ।
तीनैजनालाई नेपाल प्रहरीको टोलीले २०६९ माघ १३ गते बेलुकी विराटनगर बसपार्क नजिकको मेट्रो गेस्टहाउसबाट युवतीसहित नियन्त्रणमा लिएको थियो ।
नेपाल प्रहरीले भने उनीहरु अदालतका न्यायाधीश रहेको भन्दै दबाब आएपछि थेग्न नसकेर छाडिएको बताएको जनाइएको छ ।
प्रकाशित मिति:
February 10, 2014