• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » खासामा पुरुष पनि बिक्री
खासामा पुरुष पनि बिक्री

फागुन २ । चीनको खासा बजारका डान्स रेस्टुराँमा पुरुष पनि बेचिने गरेको नयाँ तथ्य खुलेको छ । मानव बेचबिखनको नयाँ गन्तव्यको रूपमा लिइएको चीनको खासामा युवती बेचिदैं गएको पाइएकोमा पछिल्लो पटक भने पुरुष पनि बेचिने गरेको पाइएको हो ।

खासामा सञ्चालित रेस्टुराँमा कामदारको रूपमा नेपाली पुरुष बेच्ने दलाल हगाम–८ सिन्धुपाल्चोकका भीमबहादुर तामाङ पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।

तामाङले खासाका रेस्टुराँ मालिकसँग लाख रुपैयाँ लिएर कामदारका रूपमा बेचेका बानियाँटार–१, बर्दियाका भुरे थारूको खासामै मृत्यु भएपछि पुरुष पनि बेचिने गरेको तथ्य सार्वजनिक भएको नयाँ पत्रिकामा खबर छापिएको छ ।

थारूको मृत्युपछि उनकी श्रीमतीले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले तामाङलाई पक्राउ गरेको छ । तामाङ हाल पुर्पक्षका लागि थुनामा छन् ।

इन्स्पेक्टर कमलबहादुर विष्टका अनुसार थारूकी श्रीमतीको जोहरीपछि प्रहरीले विशेष अनुसन्धान टिम बनाएर तामाङको खोजी गरेको थियो । ‘खोजी गर्ने क्रममा तामाङलाई हगाम–८ स्थित पेप्टा गाउँबाट पक्राउ गर्न सफल भयौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘माघ १ गते हुलियासहित आएको जाहेरीका आधारमा तामाङको गाउँमा पुगेर उनलाई पक्राउ गरिएको हो ।’

तामाङमाथि गरेको अनुसन्धानमा गत १३ मंसिरमा बर्दियाबाट मजदुरीको सिलसिलामा काठमाडौं आएका थारू तातोपानीमा निर्माणाधीन सुक्खा बन्दरगाहमा काम गर्न पुगेका थिए । तातोपानी जाने क्रममा काभ्रे र सिन्धुपाल्चोकको सीमा वनदेउमा उनीहरूबीच चिनाजानी भएको थियो । तामाङले थारूलाई तातोपानीमा भन्दा बढी पैसा खासामा दिलाइदिने प्रलोभन देखाएर रेस्टुराँमा बेचेका थिए ।

तामाङले थारूलाई रेस्टुरेन्टमा लाख रुपैयाँमा बेचे पनि मृत्यु कसरी भयो भन्नेबारे थाहा नभएको प्रहरीलाई बयान दिएका छन् । 

प्रकाशित मिति: February 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |