• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » आज प्रणय दिवस, प्रेमीप्रेमिकाहरु दिवस मनाउ व्यस्त
आज प्रणय दिवस, प्रेमीप्रेमिकाहरु दिवस मनाउ व्यस्त

काठमाडौं, २ फागुन । आज प्रणय दिवश विश्वभर विभिन्न तरिकाले मनाइदैछ । आफूलाई माया गर्ने मायालुलाई रातो गुलाबको फूल तथा विभिन्न उपहार दिएर यो दिवश मनाउने गरिन्छ । यस दिनको खास नाम भने क्रिस्टियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो ।

आजका दिनमा प्रेमी–प्रेमिकाले प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्ने र औपचारिक रुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ । पश्चिमा संस्कृति भएपनि यस दिवशले नेपालमा पनि निकै प्रभाव पार्न थालेको छ ।

आजको दिनमा विशेÈगरी विभिन्न पार्क, सिनेमा हल, रेष्टुरा“ तथा मन्दिरहरुमा युवा–युवतीहरुको भीड लाग्ने गर्छ । इशापूर्व २७० मा रोमन सम्राट क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रह“दा सैनिक सेवामा अवरोध हुने र शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रेम गर्न प्रतिबन्ध लगाएका थिए ।

तर, उनको आदेशको अवज्ञा गर्दै पादरी भ्यालेन्टाइनले प्रेम के हो भन्ने बिर्सिसकेका सैनिक युवा–युवतीलाई भटाभट विवाह गराइदिएपछि आक्रोशित सम्राटले उनलाई फेब्रुअअरी १४ अर्थात आजकै दिनमा मृत्युदण्ड दिएका थिए ।

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा हरेक फेब्रुअरी १४ लाई ‘भ्यालेन्टाइन डे’का रुपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति: February 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |