आज प्रणय दिवस, प्रेमीप्रेमिकाहरु दिवस मनाउ व्यस्त
काठमाडौं, २ फागुन । आज प्रणय दिवश विश्वभर विभिन्न तरिकाले मनाइदैछ । आफूलाई माया गर्ने मायालुलाई रातो गुलाबको फूल तथा विभिन्न उपहार दिएर यो दिवश मनाउने गरिन्छ । यस दिनको खास नाम भने क्रिस्टियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो ।
आजका दिनमा प्रेमी–प्रेमिकाले प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्ने र औपचारिक रुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ । पश्चिमा संस्कृति भएपनि यस दिवशले नेपालमा पनि निकै प्रभाव पार्न थालेको छ ।
आजको दिनमा विशेÈगरी विभिन्न पार्क, सिनेमा हल, रेष्टुरा“ तथा मन्दिरहरुमा युवा–युवतीहरुको भीड लाग्ने गर्छ । इशापूर्व २७० मा रोमन सम्राट क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रह“दा सैनिक सेवामा अवरोध हुने र शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रेम गर्न प्रतिबन्ध लगाएका थिए ।
तर, उनको आदेशको अवज्ञा गर्दै पादरी भ्यालेन्टाइनले प्रेम के हो भन्ने बिर्सिसकेका सैनिक युवा–युवतीलाई भटाभट विवाह गराइदिएपछि आक्रोशित सम्राटले उनलाई फेब्रुअअरी १४ अर्थात आजकै दिनमा मृत्युदण्ड दिएका थिए ।
भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा हरेक फेब्रुअरी १४ लाई ‘भ्यालेन्टाइन डे’का रुपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति:
February 14, 2014