• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » मन्त्रालय भागबन्डामा कांग्रेस एमालेमा किचलो, सरकारमा नजाने एमालेको चेतावनी
मन्त्रालय भागबन्डामा कांग्रेस एमालेमा किचलो, सरकारमा नजाने एमालेको चेतावनी

माघ २७ । कांग्रेस र एमालेबिच सात बुँदे सहमतिसँगै प्रधानमन्त्री सुशिल कोइराला चुनिएपनि मन्त्रालय भागबन्डाको विषयमा दुई दलबिच किचलो सुरु भएको छ ।

कांग्रेस नेताहरु राम्रा मन्त्रालय एमालेलाई दिन हुँदैन भन्दै विवादमा उत्रिएपछि कोइरालाले गृह मन्त्रालय एमालेलाई दिन नसक्ने बताएको स्रोतले जनाएको छ ।

एमालेले भने सहमति अनुसार अघि नबढे आफूहरु सरकारमा नजाने चेतावनी दिएको छ ।

प्रधानमन्त्री चयन भएको केही समयपछि नै मन्त्रालय भागबन्डाको विषयमा दुई दलबीच किचलो सुरु भएको हो ।

नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले पार्टी भित्र आफूलाई दवाब परेकोले गृह मन्त्रालय दिन नसक्ने एमाले अध्यक्ष झलनाथ खनाललाई बताएको जनाइएको छ । यसलाई एमालेका नेताहरुले धोकाको संज्ञा दिएका छन् ।

प्रकाशित मिति: February 10, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |