• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » दुई सातामै ५० ‘गुन्डा’ पक्राउ
दुई सातामै ५० ‘गुन्डा’ पक्राउ

फागुन ५ । गुन्डागर्दी विरुद्ध काठमाडौं प्रहरीले थालेको दुई साताको अवधिमा नै ५० भन्दा धेरै पक्राउ परेका छन् ।

व्यवसायीलाई धम्क्याएर असुली गर्दै आएका चलेका गुन्डाका नाइकेदेखि टोले गुन्डासम्म प्रहरी खोरमा परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्तले दुई सातायता गुन्डागर्दीविरुद्धको अपरेसन थालेका हुन् । सबैजसो वृत्तको हिरासतमा अहिले गुन्डागर्दीमा संलग्नहरू थुनामा छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले गुन्डागर्दीविरुद्धको कारबाहीलाई पहिलो प्राथमिकतामा राखेर अभियान सुरु गरेपछि वृत्तका प्रमुखहरू स्थानीय गुन्डाहरूको सूची खल्तीमा राखेर खोजीमा लागेका छन्।

काठमाडौं परिसरले बलराम सापकोटा बलेलगायत चारजनालाई पक्राउ गरिसकेको छ । महाराजगञ्ज क्षेत्रमा गुन्डागर्दीमा सक्रिय दीपक तालु पनि पक्राउ परिसकेका छन्।

महानगरीय प्रहरी वृत्त स्वयम्भूले हाउजिङ तथा जग्गा व्यवसायीलाई धम्क्याएर पैसा असुलेको आरोपमा कान्छा लामालाई शनिबार पक्राउ गरेको छ । काभ्रे बल्थली घर भएका उनले बालाजुका गुन्डागर्दीका नाइके माइला लामानिकट रहेर व्यवसायीलाई धम्क्याउँदै आएका थिए।

पहिला दीपक मनाङे र गणेश लामाको निकट भएर गुन्डागर्दीमा लागेका कान्छा लामा ठमेलमा रहेको बियर बारका सेयरधनी पनि हुन् । उनलाई छुटाउन कांग्रेसदेखि मधेसी जनअधिकार फोरम नेपालका सभासद्हरू स्वयम्भू वृत्त पुगेका थिए। गत असारमा काभ्रेको खावामा २५ किलो सुन लुटपाटमा पनि उनी संलग्न भएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको वृत्तका प्रमुख डिएसपी दयानिधि ज्ञवालीले बताए ।

त्यस्तै, हल्चोक क्षेत्रमा गुन्डागर्दी गर्दै आएका बबाली राम भनिने राम तामाङ पनि पक्राउ परेका छन् । उनले खासगरी काठमाडौंबाट दिल्ली जाने बसहरूबाट पैसा असुल्दै आएका थिए।

सीतापाइला क्षेत्रमा व्यवसायी तथा स्थानीयलाई धम्क्याउँदै आएका तुलसी थापा पनि पक्राउ परेका छन् । स्वयम्भू प्रहरीले इंचगुनारायण क्षेत्रमा गुन्डागर्दी गर्दै आएका वासु गुरुङ र रमेश गुरुङलाई पनि पक्राउ गरी थुनामा राखेको छ । उनीहरू सबैले स्थानीय हाउजिङ, यातायात तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई धम्क्याउँदै आएका थिए ।

पक्राउ परेका सबैविरुद्ध प्रहरीले केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ । यस्तो मुद्दामा उनीहरू सामान्य धरौटीमा नै छुट्ने गरेका छन् । पीडित व्यवसायीहरू पनि गुन्डागर्दीका नाइकेहरूविरुद्ध लिखित जाहेरी दिन डराउने गरेका छन् ।

महाराजगञ्ज क्षेत्रमा गुन्डागर्दी गर्दै आएका तेजेन्द्र गुरुङ दुई साताअघि नै पक्राउ परिसकेका छन् । सो क्षेत्रमा गुन्डागर्दीमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भएको र अधिकांश उपत्यकाबाहिर भागेको महाराजगञ्ज वृत्तका डिएसपी प्रभु ढकालले बताए ।

गौशला प्रहरीले पनि गुन्डागर्दीको आरोपमा पाँचजनालाई थुनामा राखी कारबाही अघि बढाएको छ । सिनामंगल क्षेत्रका मेनपावर व्यवसायीलाई धम्क्याउँदै आएका सुमन थापालाई पक्राउ गरिएको वृत्तका प्रमुख डिएसपी अभिनारायण काफ्लेले बताए ।

पुरानोबानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्दै आएका चारजना रहेको प्रहरीले जनाएको छ । प्रहरीले राजीव श्रेष्ठ, विराट घिमिरेलगायतको समूहलाई पक्राउ गरिसकेको छ । बानेश्वरको एक रेस्टुरेन्टमा मदिरा पिएर पैसा माग्दा उनीहरूले मालिकलाई कुटपिट नै गरेका थिए ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले पनि १० जनालाई पक्राउ गरिसकेको छ । थापाथली र बानेश्वर क्षेत्रका व्यवसायीलाई धम्क्याउँदै आएका रिंकी भनिने रिंकज लिम्बू तथा पुरानो बसपार्क क्षेत्रमा गुन्डागर्दी गर्दै आएका लक्षु भनिने सुरज न्यौपाने पक्राउ परेका छन् । गुन्डागर्दीमा संलग्न अन्य आठजना पनि थुनामा रहेको सिंहदरबार वृत्तप्रमुख डिएसपी होमिन्द्र बोगटीले बताए ।

बानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्दै आएका ११ जनालाई पक्राउ गरी कारबाही थालिएको बानेश्वर वृत्तका डिएसपी रेवती ढकालले बताए । गुन्डागर्दीका नाइकेहरू पञ्चे लामा, टोकल लामालगायत तीनवटा समूह बानेश्वर वृत्तको हिरासतमा छन् । केही दिनअघि शंखमुलको बागमती अर्पाटमेन्टमा पैसा माग्न गएका वेला आठजनाको समूह पक्राउ परेको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: February 17, 2014

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


चिनियाँ कम्पनीद्धारा निर्मित कलङ्की...

अदुवा निकासी प्रतिबन्ध खुल्ला

बाम गठबन्धनलार्इ बाईपास गरेपछि लागे...

आज बेलुकी चन्द्रग्रहण, कुन राशिले ...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • Miss Nepal Payal Shakya 2004
  • आगलागीमा परी पैँतालीस लाखभन्दा बढीको क्षति
गृह पृष्ठ |