एमाओवादी सरकारमा नजाने निर्णय, सभामुख भने छाड्दै नछाड्ने दाबी

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको पूर्व पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकले पारित गरेको निर्णय अनुसार पार्टी तत्कालका लागि सरकार बाहिर बसेरै संविधान निर्माणमा सहयोग पु¥याउने निर्णय गरेको हो ।
संविधानसभाको दोस्रो दल नेकपा एमालेको समर्थनमा कांग्रेस सभापति सुशिल कोइराला प्रधानमन्त्री चयन भईसके पनि सरकारले पूर्णता नपाएको अवस्थामा पुनः कांग्रेस र एमालेलाई नै तत्काल मन्त्री परिषद्लाई पूर्णता दिन बैठकले आग्रह गरेको नेता पोष्टबहादुर बोगटीले जानकारी दिए ।
प्रधानमन्त्री सुशील कोइरालाले शनिबार मात्रै एमाओवादी अध्यक्ष दाहाललाई निमन्त्रणा गरेर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । प्रतिउत्तरमा दाहालले सरकारलाई गम्भीर सङ्कट परे सहयोग गर्ने जनाउ दिएका थिए ।
सो लगत्तै एमाओवादी पदाधिकारी बैठकले भने केन्द्रीय समितिको निर्णय र पार्टीले पाएको जनादेश अनुसार तत्काल पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
एमाओवादीले तत्काल सरकार बाहिर बसेर संविधान निर्माण कार्यमा सहयोग गर्ने जनाए पनि संविधान निर्माण लगायत प्रक्रियाका लागि आफ्नो पार्टीले सभामुख पद पाउनुपर्ने दाबी भने कडा रुपमा प्रस्तुत गरेको छ ।
संविधान निर्माण लगायत कामलाई पनि सहज बनाउन हामीले सभामुख पद हाम्रो पार्टीलाई भनेका हौं’ नेता बोगटीले भनेर्, कांग्रेस र एमाले दुवै दललाई सभामुख हाम्रो पार्टी (एमाओवादी) बाट भएन भने संविधान निर्माणमा असहजता उत्पन्न हुन्छ ।’
एमाओवादीले आफ्नो पार्टीबाट सभामुखको उम्मेदवार चयन नै नगरी पार्टीलाई सभामुख पाउनुपर्ने दाबी गरिरहेको हो । स्रोतका अनुसार नेता कृष्ण बहादुर महरा सभामुखका उम्मेदवार हुनेछन् ।
एमाओवादी पदाधिकारी बैठकमा संविधानसभा नियमावली तथा स्वामित्व ग्रहण लगायतका विषयमा पनि छलफल भएको छ ।
बैठकले अघिल्लो संविधानसभाले गरेका निर्णयहरूको स्वामित्व ग्रहणसम्बन्धी विषयलाई तत्काल संविधानसभाको बैठकमा टेबल गर्न राजनीतिक दलहरूलाई आग्रह समेत गरेको छ र्। अघिल्लो संविधानसभामा कुन कुन विषयमा सहमति जुटेका हुन् र सहमति नजुटेका विषय कुन–कुन हुन् त्यो छुट्याउनु प¥यो’ बोगटीले भनेर्, सहमति भएका विषयलाई टेबल गर्नुप¥यो नभएका विषयमा छलफल थालिनुप¥यो ।’
प्रकाशित मिति:
February 16, 2014