• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » एमाओवादी सरकारमा नजाने निर्णय, सभामुख भने छाड्दै नछाड्ने दाबी
एमाओवादी सरकारमा नजाने निर्णय, सभामुख भने छाड्दै नछाड्ने दाबी

काठमाडौ ४ फागुन । संविधानसभाको तेस्रो दल एकीकृत नेकपा माओवादी तत्काल सरकारमा नजाने अडान दोहो¥याउ“दै सरकारलाई छिटो पूर्णता दिन आग्रह गरेको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको पूर्व पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकले पारित गरेको निर्णय अनुसार पार्टी तत्कालका लागि सरकार बाहिर बसेरै संविधान निर्माणमा सहयोग पु¥याउने निर्णय गरेको हो ।

संविधानसभाको दोस्रो दल नेकपा एमालेको समर्थनमा कांग्रेस सभापति सुशिल कोइराला प्रधानमन्त्री चयन भईसके पनि सरकारले पूर्णता नपाएको अवस्थामा पुनः कांग्रेस र एमालेलाई नै तत्काल मन्त्री परिषद्लाई पूर्णता दिन बैठकले आग्रह गरेको नेता पोष्टबहादुर बोगटीले जानकारी दिए ।
प्रधानमन्त्री सुशील कोइरालाले शनिबार मात्रै एमाओवादी अध्यक्ष दाहाललाई निमन्त्रणा गरेर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । प्रतिउत्तरमा दाहालले सरकारलाई गम्भीर सङ्कट परे सहयोग गर्ने जनाउ दिएका थिए ।

सो लगत्तै एमाओवादी पदाधिकारी बैठकले भने केन्द्रीय समितिको निर्णय र पार्टीले पाएको जनादेश अनुसार तत्काल पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

एमाओवादीले तत्काल सरकार बाहिर बसेर संविधान निर्माण कार्यमा सहयोग गर्ने जनाए पनि संविधान निर्माण लगायत प्रक्रियाका लागि आफ्नो पार्टीले सभामुख पद पाउनुपर्ने दाबी भने कडा रुपमा प्रस्तुत गरेको छ ।

संविधान निर्माण लगायत कामलाई पनि सहज बनाउन हामीले सभामुख पद हाम्रो पार्टीलाई भनेका हौं’ नेता बोगटीले भनेर्, कांग्रेस र एमाले दुवै दललाई सभामुख हाम्रो पार्टी (एमाओवादी) बाट भएन भने संविधान निर्माणमा असहजता उत्पन्न हुन्छ ।’

एमाओवादीले आफ्नो पार्टीबाट सभामुखको उम्मेदवार चयन नै नगरी पार्टीलाई सभामुख पाउनुपर्ने दाबी गरिरहेको हो । स्रोतका अनुसार नेता कृष्ण बहादुर महरा सभामुखका उम्मेदवार हुनेछन् ।
एमाओवादी पदाधिकारी बैठकमा संविधानसभा नियमावली तथा स्वामित्व ग्रहण लगायतका विषयमा पनि छलफल भएको छ ।

बैठकले अघिल्लो संविधानसभाले गरेका निर्णयहरूको स्वामित्व ग्रहणसम्बन्धी विषयलाई तत्काल संविधानसभाको बैठकमा टेबल गर्न राजनीतिक दलहरूलाई आग्रह समेत गरेको छ र्। अघिल्लो संविधानसभामा कुन कुन विषयमा सहमति जुटेका हुन् र सहमति नजुटेका विषय कुन–कुन हुन् त्यो छुट्याउनु प¥यो’ बोगटीले भनेर्, सहमति भएका विषयलाई टेबल गर्नुप¥यो नभएका विषयमा छलफल थालिनुप¥यो ।’

प्रकाशित मिति: February 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |