सुशिल संलग्न थिए ३० सालको यही विमान अपहरणमा, अहिले प्रधानमन्त्री

यात्रुहरुको मोबाइल सिंगल तथा स्थानीय जंगलमा विष्फोटको आवाज आएको तथा आगलागी भएको देखेको बताएपछि खोजी कार्य जारी राखिए पनि अझै दुर्घटनास्थल पत्ता लाग्न सकेको छैन । जहाजमा सवार ३ चालकदल सहित १८ जनाको अवस्था पनि अझै पत्ता लाग्न सकेको छैन।
यो दुःखद घटनाका पछाडी यही जहाजको विषयमा संयोगको विषय पनि जोडिएको छ । विस ३० सालमा यही ९ एन एबीबी ट्विनअटर विमान अपहरणमा परेको थियो ।
निगमको यही आइतबार बेपत्ता ट्विनअटर विमान नेपाली कांग्रेसले सशस्त्र संघर्षका क्रममा विराटनगरबाट उड्दा अपहरण गरेको थियो । त्यसमा भने अहिलेका प्रधानमन्त्री सुशिल कोइरालाको समेत संलग्नता थियो । ३० वर्ष अगाडी विमान अपहरणमा कोइराला संलग्न भएको विमान नै अहिले प्रधानमन्त्री हुँदा दुर्घटनामा परेको हो ।
क्यानाडेली विमान कम्पनीले यो विमान २०२८ साल असार ३ गते काठमाडौंमा डेलिभरी गरिदिएको थियो । त्यसबेलादेखि यसले निरन्तर निगमको सेवा गर्दै आएको थियो ।
यसअघि २०४९ साल असार २१ गते यो विमान जुम्लामै सामान्य दुर्घटनामा परेको थियो । त्यो दिन पनि आइतबारै थियो । त्यतिबेला तीन जना मात्र चढेका थिए। खासै कोही घाइते भएनन् र मर्मतपछि विमान पुनः उडेको थियो । त्यस्तै २०३० साल जेठ २८ गते नेपाली कांग्रेसले अपहरण गरेको विमान यही थियो ।
प्रकाशित मिति:
February 16, 2014