• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » सुशिल संलग्न थिए ३० सालको यही विमान अपहरणमा, अहिले प्रधानमन्त्री
सुशिल संलग्न थिए ३० सालको यही विमान अपहरणमा, अहिले प्रधानमन्त्री

फागुन, काठमाडौं । काठमाडौंबाट पोखरा र त्यसपछि जुम्लाका लागि उडेको विमान अर्घाखाँचीमा दुर्घटनामा परेको भनिए पनि अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

यात्रुहरुको मोबाइल सिंगल तथा स्थानीय जंगलमा विष्फोटको आवाज आएको तथा आगलागी भएको देखेको बताएपछि खोजी कार्य जारी राखिए पनि अझै दुर्घटनास्थल पत्ता लाग्न सकेको छैन । जहाजमा सवार ३ चालकदल सहित १८ जनाको अवस्था पनि अझै पत्ता लाग्न सकेको छैन।

यो दुःखद घटनाका पछाडी यही जहाजको विषयमा संयोगको विषय पनि जोडिएको छ । विस ३० सालमा यही ९ एन एबीबी ट्विनअटर विमान अपहरणमा परेको थियो ।

निगमको यही आइतबार बेपत्ता ट्विनअटर विमान नेपाली कांग्रेसले सशस्त्र संघर्षका क्रममा विराटनगरबाट उड्दा अपहरण गरेको थियो । त्यसमा भने अहिलेका प्रधानमन्त्री सुशिल कोइरालाको समेत संलग्नता थियो । ३० वर्ष अगाडी विमान अपहरणमा कोइराला संलग्न भएको विमान नै अहिले प्रधानमन्त्री हुँदा दुर्घटनामा परेको हो ।

क्यानाडेली विमान कम्पनीले यो विमान २०२८ साल असार ३ गते काठमाडौंमा डेलिभरी गरिदिएको थियो । त्यसबेलादेखि यसले निरन्तर निगमको सेवा गर्दै आएको थियो ।
यसअघि २०४९ साल असार २१ गते यो विमान जुम्लामै सामान्य दुर्घटनामा परेको थियो । त्यो दिन पनि आइतबारै थियो । त्यतिबेला तीन जना मात्र चढेका थिए। खासै कोही घाइते भएनन् र मर्मतपछि विमान पुनः उडेको थियो । त्यस्तै २०३० साल जेठ २८ गते नेपाली कांग्रेसले अपहरण गरेको विमान यही थियो ।

प्रकाशित मिति: February 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |