• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » तेस्रो विश्वयुद्धको खतरा
तेस्रो विश्वयुद्धको खतरा

एजेन्सी
फागुन २० । युक्रेनको विषयलाई लिएर तेस्रो विश्व युद्धको खतरा बढेर गएको छ । युक्रेनका पूर्व राष्ट्रपति भिक्टर युनाकोवीचको अपदस्थ भएसँगै युक्रेनमा विवाद चुलिएर गएको हो । भिक्टरलाई अपदस्थ गर्न अमेरिका लगायत पश्चिमा राष्ट्रको सहयोग रहेको रुसको ठहर छ । उसले त आफूलाई घेराबन्दीमा पार्ने गुरुयोजना भन्ने ठानेर युक्रेनको क्रिमियामा सेना नै तैनाथ गरिसकेको छ ।

तर, अहिलेसम्म दुवै पक्षका सेना संयमित भएकाले युद्ध भड्कि हालेको छैन । तर जतिबेला जहाँ जे पनि हुनसक्ने सम्भावना रहेको एजेन्सीहरुले जनाएका छन् ।

रसियाको उद्देश्य युक्रेनमा लोकतन्त्र कायम राख्नु, रसियनहरुलाई सुरक्षा दिनु र अतिवादीबाट युक्रेनलाई बचाउनु भएको संयुक्त राष्ट् संघका लागि युएनका राजदूत भिट्ली चुर्किनले बताए । उनले त अपदस्त राष्ट्रपति युक्रेनको निर्वाचित नेता भएको र उनले नै सेना पठाउन आग्रह गरेकाले पठाएको समेत जनाएका छन् ।
तर अमेरिकी राजदूत समान्थाल पावरले भने रसियाको कडा विरोध गर्दै युक्रेनमा सेना पठाउने रसियाको निर्णय घात हुने चेतावनी समेत दिएकी छिन् । अमेरिकाले रसियाको सेना कुनै मानव अघिकारको मिसनमा नभई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाईरहेको छ । तर रसिया भने आफ्ना नागरिकको रक्षाका लागि युक्रेनमा राजनीतिक स्थिरता नभएसम्म सेना त्यहीँ रहने जनाएको छ ।
यता, सम्भावित युद्धलाई लिएर बिबिसीले भने दुवै देशको सैन्य सामाथ्र्य कसको कति भनेर सार्वजनिक गरेको छ । जस अनुसार युक्रेन भन्दा रसिया धेरै शक्तिशाली देखिएको छ । तर युक्रेनलाई पश्चिमा राष्ट्रको समर्थन रहने पक्कापक्की छ । यसरी त्यहाँ युद्ध भएका विश्व नै दुई भागमा विभाजित हुन सक्ने सम्भावना बढेको छ ।
बिबिसीले गरेको दुई देशको सैन्य लेखाजोखा हेर्नुहोस् । जहाँ रसियासँग ८ लाख ४५ हजार सेना छन् भने युक्रेनसँग १ लाख ३० हजार मात्रै ।

 Also Read This >
 युक्रेनमा युद्धको सम्भावना झनै बढ्यो, रुसलाई कमजोर पार्ने अमेरिकी रणनीति

प्रकाशित मिति: March 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |