• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » एमाओवादी कार्यकर्ता निराशाको सिकार
एमाओवादी कार्यकर्ता निराशाको सिकार

फागुन २० । एकीकृत नेकपा माओवादीका नेता तथा कार्यकर्ता निराशाको सिकार बनेका छन् ।

 निर्वाचनमा अप्रत्यासित पराजय बेहोरेपछि निराश बनेका नेता तथा कार्यकर्ताहरू पार्टीले संगठनात्मक सम्मेलनको तयारीका क्रममा गैरभौगोलिक राज्य र जिल्ला समिति विघटन गरिदिएपछि झनै निराश बनेका हुन् ।
निराशाबीच कतिपय नेता तथा कार्यकर्ताहरू आफ्नो पार्टी कमिटीको खोजीमा समेत लागेका छैनन् । विगतमा एउटा कमिटीबाट अर्को कमिटीमा स्थानान्तरण या कमिटी गुमेको अवस्थामा आफ्नो पार्टी सदस्यता खोजी हिँड्ने कार्यकर्ताको निकै ठूलो भीड एमाओवादीमा लाग्ने गर्दथ्यो । पार्टीका कार्यक्रमदेखि भेला, सम्मेलन र बैठकमा समेत नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहने गरेको थियो । तर, अहिले त्यो वातावरण देखिन्न । धेरैजसो नेता तथा कार्यकर्ता नै पार्टी कमिटीदेखि अन्य विषयमा समेत बेखबर बन्न थालेका छन् ।

निर्वाचन परिणामपछि कतिपय आफ्नै पेसा व्यवसायमा लाग्न थालेका छन् भने कतिपय अब के गर्ने भन्ने मनस्थितिमा भेटिन्छन् । पार्टीप्रति शुभेच्छा राखे पनि अब जीवन त्यसरी नचल्ने भन्दै उनीहरू आफ्नै पेसा व्यवसायमा लाग्ने प्रतिक्रिया दिन थालेका छन् ।

एमाओवादीको सबैभन्दा बढी संगठित सदस्य रहेको जनवर्गीय संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय समितिको बैठकमा नै अधिकांश नेताहरूको अनुपस्थितिलाई त्यसैको परिणाम मान्न सकिने अखिल नेपाल ट्रेड युनियन महासंघका एक नेताले बताए । ‘पार्टीप्रति पहिलेजस्तो उत्साह नेतादेखि कार्यकर्तासम्मै पनि देखिन्न,’ ती नेताले भने, ‘पार्टीका संगठित सदस्यहरू नै अहिले पार्टी काममा भन्दा पनि अन्य पेसा व्यवसायमा रमाउन थालेका छन् ।’

प्रकाशित मिति: March 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |