• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » एमाओवादीलाई जनताले सजाय दिए, तर अझैं पुगेको छैन : बादल
एमाओवादीलाई जनताले सजाय दिए, तर अझैं पुगेको छैन : बादल

फागुन २१ काठमाडौं । नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले क्रान्तिकारी शक्तिहरुबीचमा एकता अपरिहार्य रहेको बताएका छन् । एमाओवादीका मजदुर नेताहरुलाई बुधबार राजधानीमा पार्टी प्रवेश गराउदै महासचिव थापाले क्रान्तिकारी शक्तिहरु एकजुट हुनुपर्ने बताए ।

क्रान्तिकारी शक्तिहरुबीच एकता अपरिहार्य रहेपनि एमाओवादीसग भने एकता हुन नसक्ने समेत उनले बताएका छन् । एमाओवादीले धोका दिएका कारण पार्टी फुटेको भन्दै उनले अहिलेकै अवस्थामा पार्टी एकता सम्भव नभएको दाबी समेत गरे । क्रान्ति सफल नहुदै सफल भयो भनेर धोका दिएकै कारण पार्टी फुटेको हो, महासचिव थापाले पार्टी नेवा राज्य कुपण्डोलमा आयोजित कार्यक्रममा भने, धोका दिनेसग भावनात्मक रुपमा मात्र एकता हुन सक्दैन ।

क्रान्ति सफल नहुदै सफल भयो भनेर धोका दिएको एमाओवादी जनताले सजाय दिएको भए पनि धोका अनुसारको सजाय भने अझै नपुगेको समेत उल्लेख गरेका छन् । जनतालाई क्रान्ति पूरा भएको भ्रम छरेर एमाओवादीले धोका दिएकाले उनीहरुलाई अझै धेरै सजाय हुनुपर्ने पनि उनले जिकिर गरे ।

कार्यक्रममा एमाओवादीप्रति निक्कै आक्रमक देखिएका महासचिव थापाले एमाओवादी सच्चिने सम्भवना भने अझै जिवितै रहेको पनि उल्लेख गरे । हारेको सेनाले पराजयबाट पाठ सिकेर सुध्रन सक्छ महासचिव थापाले भने एमाओवादीले पनि आफूलाई सुधार्न सक्ने सम्भावना भने सकिएको छैन ।

महासचिव थापाले अहिलेको संविधानसभाबाट जनताको संविधान बन्नै नसक्ने ठोकुवा समेत गरेका छन् । यो संविधानसभामा प्रतिक्रान्तिकारी शक्तिहरु हावी भएको उनको भनाई छ ।
कार्यक्रममा थापाले यो संविधानसभार्फत २०४७ सालकै संविधान व्युताउने षड्यन्त्र भइरहेको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति: March 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |